जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत « Khabarhub

जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका परिवारलाई १० लाख राहत


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अछाम – जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्युभएका यहाँका एक पीडित परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

तुर्माखाद गाउँपालिका–३ का २९ वर्षीया दिलादेवी बयकको विसं २०८० साउन ३२ गते खेतबारीमा काम गरेर घर फर्किने बेला जङ्गली जनावर बँदेलको आक्रमणबाट मृत्यु भएको थियो ।

आज एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र डिभिजन वन कार्यालयका प्रमुख जनक पाध्यायले मृतक बयकका श्रीमान् बलबहादुर बयकलाई रु १० लाखको चेक हस्तान्तरण गरे ।

जिल्लामा जङ्गली जनावरले गरेको क्षतिवापत पीडितलाई रु ६७ लाख रकम प्रदान गर्नुपर्नेछ तर जङ्गली जनावरको आक्रमणबाट मृत्युभएका एकजनाका परिवार र घाइते ११ जनालाई चालु आर्थिक वर्षमा रु १६ लाख राहत रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय प्रमुख पाध्यायले जानकारी दिए।

अन्य घाइते, मृतक र जङ्गली जनावरले क्षति पुर्‍याएका किसानको राहत रकम अर्को आर्थिक वर्षमा उपलब्ध गराइने उनले बताए ।

अन्नबालीमा चार सय १३ जना किसानको रु १७ लाख ६४ हजार आठ सय, पशुधनतर्फ ७७ जना किसानको रु २८ लाख रकम राहत दिन बाँकी छ । आव २०७८/७९ देखि हालसम्म जङ्गली जनावरको आक्रमणबाट अछाममा दुईजनाको र १९ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : २८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर