आज २०८१ साल साउन २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन २६ गते शनिबारको राशिफल


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : मन खुशी हुनेछ।  व्यवसायमा उन्नति हुने दिन छ। आँटेका काम सहजै बन्नेछन्। धन आर्जनका लागि परिवारको सहयोग आवश्यक देखिन्छ। नम्र भएर गरेको काम सफल बन्नेछ।

वृष : विदेशको रमझममा मन भुल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा चासो बढ्नेछ। संगठनमा तपाईंको खोजी हुनेछ। परिवारमा विचारले मेल नखाने योग भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

मिथुन : तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको माध्यमबाट नाम र दाम मिल्नेछ। गुरुसँगको भेटले मानसिक उमंग मिल्नेछ। संयुक्त लगानी गरे फाइदा हुनेछ। परिवारमा फसाउने काम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

कर्कट : तपाईंको उन्नतिमा जल्नेको संख्या बढ्नेछ। योजना सार्वजनिक नगरी अगाडि बढ्नु राम्रो होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रमा सक्रिय हुँदा मनमा खुशी मिल्नेछ।

सिंह : धनस्थानमा चन्द्रमा पुगेका छन्। जसलाई धनलक्ष्मी योग भनिन्छ। आज बनाएको योजनाबाट धन कमाउन सकिने छ। शिक्षाको लगानीबाट नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। परिवारको राम्रो साथ मिल्नेछ।

कन्या : दैनिकी राम्रो छ। नयाँनयाँ अवसर जुट्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। छिमेकमा भएको धार्मिक कार्यमा सहभागी भएर ज्ञान आर्जन गर्ने योग छ। साथीसँगको रमझमले दिन रमाइलो बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : समाजसेवामा समय बित्नेछ। सेवाका अवसर लगातार प्राप्त हुनेछन्। स्वास्थ्यमा समस्या पर्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। संकटमा परिवारको शान्तिपूर्ण साथ र सहयोग रहनेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुनसक्छ। साथी र संगठनबाट साथ मिल्नेछ। राज्यको तर्फबाट राम्रो साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरे मन शान्त हुनेछ।

धनु : दिन रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। शुभ समाचारले मन शान्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह थपिनेछ। परिवारसँगको सम्बन्धमा सुमधुरता रहनेछ।

मकर : सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि अवसर भने लगातार मिल्नेछन्। कला र बुद्धिले व्यापारको माध्यमबाट आम्दानी बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भ : आफ्नो काम आफैं गर्नुपर्ने समय छ। आफ्नो काम अरुबाट हुन्छ भनेर प्रतिक्षा गरेमा तनाव बढ्नेछ। झुटा आरोप, स्वास्थ्यमा गढबढी, परिवारमा शंका उपशंकाको जोखिम छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज र शान्त बन्ने देखिन्छ।

मीन : खर्च गर्न नजान्दा तनाव बढ्नेछ। शिक्षा र कलाको माध्यमबाट नाम, दाम र सम्मान बढ्नेछ। अभिभावकको सुझाव कार्यान्वयन गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : १८ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान