राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ पटक रक्तदान गरेका छन् ।

अस्पतालमा रगत अभाव हुन थालेपछि त्यसलाई कम गर्ने उद्देश्यले राप्रपाले आज पार्टीको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । 

सोही कार्यक्रममा अध्यक्ष लिङ्देनले ९५औँ पटक रक्तदान गरेका हुन् । अस्पतालमा रगत अभाव हुन थालेको जानकारी पाएपछि पार्टीले रक्तदान कार्यक्रम आयोजना गरेको उनले बताए । 

अध्यक्ष लिङ्देनले रक्तदानलाई औपचारिक कार्यक्रम वा एकदिने अभियानका रूपमा मात्र नलिई जीवनभर आत्मसात् गर्नुपर्ने सामाजिक तथा मानवीय जिम्मेवारीका रूपमा लिन आग्रह गरे  । 

मानवीय सेवाको भावना आत्मसात् गर्दै रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

रक्तदान कार्यक्रममा राप्रपाका सांसद खुस्बु ओली, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत पार्टीका कार्यकर्ता सहभागी भई रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ३ : ५० बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको