फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक « Khabarhub

फ्रान्सलाई हराउँदै स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।

फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।

सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन्। स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन्।

केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो । त्यस्तै पछिल्लो महिना स्पेनी यू–१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो ।

गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो । एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू–२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ३२ बजे

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने