भेरी अस्पतालको 'सिटिस्क्यान मेसिन' बिग्रिँदा समस्या | Khabarhub Khabarhub

भेरी अस्पतालको ‘सिटिस्क्यान मेसिन’ बिग्रिँदा समस्या


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘सिटिस्क्यान मेसिन’ सञ्चालनमा नआउँदा सेवाग्राही समस्यामा परेका छन् । 

बर्दिया मधुवन नगरपालिका, तारातालका राधेश्याम थारूले भेरी अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालनमा नआउँदा उपचार गराउन समस्या भएको बताए ।

‘यहाँ राम्रो उपचार होला भनेर बिरामीलाई ल्याइयो, चिकित्सकले सिटिस्क्यान गर्न भनेपनि भेरीमा बिग्रिएकोले एक रात कुर्नुपर्यो’, उनले भने,’भोलीपल्ट पनि नबनेपछि बिरामीलाई बाहिर सिटिस्क्यान गराउनु पर्‍यो ।’ अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि सिफारिस भएका बिरामी आउने गर्दछन् ।    

सिटिस्क्यान मेसिन  बिग्रिएको करिव एक महिना भइसकेको छ । अस्पतालका प्रमुख डा प्रकाश थापाले सिटिस्क्यान मेसिन नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिए। 

उनले शुक्रबार भेरी अस्पताल नेपालगञ्जमा आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलसँग सिटिस्क्यानको समस्या देखाउँदै नयाँ सिटिस्क्यानको माग समेत गरेका थिए । उनले पोखरेलले तत्काल नयाँ मेसिन खरिदको सम्भावना नभएकोले पुरानै मेसिन मर्मत गरी सेवा प्रवाह गर्न निर्देशन दिदैँ दोस्रो त्रैमासिकसम्म नयाँ मेसिन खरिदको प्रक्रिया अघि बढाउने जानकारी दिए । 

भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण सेवा सुविधामा थप्दै गएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १२ : ३७ बजे

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको