बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध | Khabarhub Khabarhub

बंगलादेशमा भइरहेको धार्मिक हिंसाप्रति राप्रपा नेपालको विरोध


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा भएको हिंसाप्रति विरोध जनाएको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् । 

उनले भनेका छन्, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’

अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको समेत बताएका छन् । 

उनले बंगलादेशका जनताले बिभिन्न मागहरू राखेर गरेको आन्दोलनकाबारेमा आफूहरूको भन्नु केही नभएको र त्यो उनीहरूको अधिकार भएको समेत बताएका छन् । तर, धार्मिक आस्थाको आधारमा गरिने हिंसाप्रति सचेत विश्व समुदाय मौन रहन नसक्ने उनले बताएका छन् । 

विज्ञप्तिमार्फत अध्यक्ष थापाले हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न र पीडितहरूको उद्धार र सहयोगका निम्ति बंगलादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउन सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : ०४ बजे

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

काठमाडौं – चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा

सीमानाका आवातजावतमा कडाइ

सुदूरपश्चिम – नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ