गठबन्धनमा देखिएका विमतिबारे कांग्रेस-एमाले बोल्नुपर्छ : विश्वप्रकाश शर्मा « Khabarhub

गठबन्धनमा देखिएका विमतिबारे कांग्रेस-एमाले बोल्नुपर्छ : विश्वप्रकाश शर्मा


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनमा देखिएका विमतिको बारेमा बोल्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले कांग्रेस र एमालेबीचको विमतिहरूमा बोल्नुपर्ने बताए । 

उनले भने, ‘हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ। त्यसैले बोल्नुपर्छ ।’ 

 उनले सरकारको काम र गतिविधिलाई कांग्रेसले गम्भीरताका साथ हेर्ने बताए। उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले चुनावी गठबन्धन नगर्ने निर्णय नगर्ने महासमितिले भनेपछि सहकार्य तोडेको सुनाए।

उनले अगाडि भने, ‘अहिले पनि कांग्रेसएमालेबीच भएको विमतिहरूलाई हामीले तिलाञ्जलि दियौँ, जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ। एमालेसँगको विमतिलाई हामीले बुझ्नुपर्छ एमालेसँगको कतिपय दृष्टिकोणमा हामी सहमत छौँ। हाम्रो पार्टी, विचार नै फरक हो फरक, विगमतका विमतिका विषयमा बोल्दै गर्दा गठबन्धन भत्किन्छ। केपी कमरेडलाई अप्ठ्यारो होला भनेर कांग्रेसले सोच्नुपर्ने, एमालेकाले बोल्दा शेरबहादुर देउवालाई पर्ला बनेर चुप लाग्नुपर्ने, हामीले चुप लाग्नको लागि बनाएको गठबन्धन होइन। यो गठबन्धन विमतिका बीचमा सहमति गरेर बनाएका छौँ। कांग्रेसको महासमिति बैठक सकिएको दुई साताभित्रै कांग्रेस र माओवादीको गठबन्धन टुट्यो। त्यस बेला तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्ने, गठबन्धन कसरी हुन्छ भन्नुभयो। त्यस बेलामा उहाँले विश्वासको मत माग्दा हामीले नदिँदै गर्दा हामीले भनेका थियौँ तपाईँले गम्भीर गल्ती गर्नुभयो, कांग्रेसले पार्टीले आफ्नो दस्ताबेजमा के लेख्ने भन्ने कुरा तपाईँलाई सोधेर लेख्दैन भनेर।’

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : २० बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि