गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

गाजाको विद्यालयमा इजरायली हमला, एक सयभन्दा बढीको मृत्यु


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्याएक सयभन्दा बढी पुगेको अनुमान छ ।  

‘मृतकको सङ्ख्या हालसम्म एक सयभन्दा बढी पुगेको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो’, विभागका प्रवक्ता महमुद बासलले बताए। 

गाजाको सरकारी सञ्चार कार्यालयले आक्रमणमा एक सय भन्दा बढीको मृत्यु भएको बताएको छ । इजरायली सेनाले अल-ताबिन विद्यालयमा रहेको हमासको ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।  

इस्लामिक जिहाद प्यालेस्टिनी सैन्य समूहले बिहानको प्रार्थनाको समयमा विद्यालयमा आक्रमण भएको बताएको छ । 

गाजा सरकारी सञ्चार कार्यालयका महानिर्देशक इस्माइल अल–थावाब्ताले बताएअनुसार आक्रमणमा १ सय  भन्दा बढीको मृत्यु र दर्जनौं घाइते भएका छन्, जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

गाजा सरकारी सञ्चार स्रोतहरूले उक्त विद्यालयमा करिब दुई सय ५० जना महिला र बालबालिका रहेको र तीमध्ये लगभग आधा महिला र बालबालिकाको आक्रमणमा मृत्यु भएको बताएका छन् । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १ : ३४ बजे

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु

काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा

एमआरआई मेसिनको धन्दामा किन फस्छ हरेक नेतृत्व ?

सुनसरी – निजी लगानीमा सञ्चालित अधिकांश मेडिकल कलेज र अस्पतालहरूमा

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सरकारले ध्यान देओस् : प्रचण्ड

विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको

ब्रेनडेथपछिको अंगदान : भन्न सजिलो, गर्न अप्ठ्यारो

ब्रेनडेथ अर्थात् मस्तिष्क मृत्युपछिको अंगदान भन्न जति सजिलो छ, व्यवहारमा

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर– बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई