तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ | Khabarhub Khabarhub

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिले सोधपुछ गरेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले शनिबार शर्मालाई नख्खु जेलबाट ल्याएर सोधपुछ गरेको हो । 

सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये शर्मालाई समितिको ३४ औँ बैठकमा ल्याएर सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले बताए । 

विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको समिति सदस्य सरिता भुसालको भनाइ छ ।

 हिजो शुक्रबार समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन,  गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतमलाई सोधपुछ गरेको थियो । 

आज समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई सोधपुछ गरिसकेको छ ।

समितिले आजै गीता शर्मा,  शिवि लामा र नुनम सुब्बालाई सोधपुछ गर्ने छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  २ : ३१ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले