बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन  « Khabarhub

बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन 


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ।

 राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए। 

उनले भने, ‘धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन।’

विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले पनि बंगलादेशमा भइरहेको हिंसाको कडा निन्दा गर्दै नेपालका हिन्दूहरूले एकजुट भएर अन्तर्राष्ट्रिय दवाव सृजना गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यो समय सबै हिन्दूहरू एक ठाउँमा उभिनुपर्ने बेला हो। हाम्रो धार्मिक सहिष्णुता र अस्तित्वमाथि खतरा मडारिरहेको छ।’

धार्मिक नेता केशव चौलागाईंले यस किसिमको हिंसा रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताए।

‘धर्मका नाममा भइरहेको यो हिंसालाई रोक्न हामी सबैले प्रयास गर्नुपर्छ। यो मानवता विरुद्धको अपराध हो,’ उनले भने।

यस विरोध कार्यक्रममा इस्कॉनका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। उनीहरूले बंगलादेशमा भइरहेको धार्मिक हिंसालाई रोक्न अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका सहभागीहरूले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारको कडा निन्दा गर्दै त्यसको तत्काल अन्त्यको माग गरे।

विरोध प्रदर्शनमा उपस्थित सबै वक्ताहरूले बंगलादेशमा जारी धार्मिक हिंसाको विरोधमा आवाज उठाउन आग्रह गरे र नेपालमा पनि हिन्दू धर्म र संस्कृति बचाउन सबैलाई एकजुट हुन आह्वान गरे। कार्यक्रममा सहभागीहरूले धार्मिक सहिष्णुताको महत्वलाई पुनः बलियो बनाउँदै आ(आफ्नो तर्फबाट योगदान दिने प्रतिज्ञा गरे।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै