कालीगण्डकी करिडोर : छुसाङ–चैले खण्ड स्तरोन्नति « Khabarhub

कालीगण्डकी करिडोर : छुसाङ–चैले खण्ड स्तरोन्नति


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरलाअन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । 

वारागुङ मुक्तिक्षेत्र–३ छुसाङबाट चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समयअगावै काम सम्पन्न गरेको हो । आगामी २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले बताए।

सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षणलगायत कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ-डीएस बिल्डर्स÷युनाइटेड जेभी कन्स्ट्रक्सनले रु चार करोड ३१ लाख ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्यांकन गरी ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईँले बताए।

मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिक मन्दीको असहज अवस्थाका बाबजुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले बताए। गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको उनले बताए । 

छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावियन पर्खाल बनाएर संरक्षण गरिएको छ । 

निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : ५६ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित