राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार : अध्यक्ष ढकाल « Khabarhub

राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार : अध्यक्ष ढकाल


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोदावरी – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा आज आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले  नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए ।

सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सङ्घसँगै प्रदेश सरकार स्थायी हुने सम्भावना देखिएकाले प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए।

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरूमध्ये छैटौँ स्थानमा रहेको सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी रहे पनि सम्भावना भने उच्च रहेको बताउँदै अध्यक्ष ढकालले सुदूरपश्चिममा जलस्रोत, पर्यटन मात्र नभएर यहाँको जनशक्ति निकै मेहनती रहेकाले युवाहरूलाई उद्यमशील र विकास निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन उद्योग वाणिज्य सङ्घले प्रभावकारी भूमिका खेलिरहेको बताए।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ०४ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान