छानबिन समितिद्वारा जेलमा भएका सहकारीका सञ्चालकसँग सोधपुछ « Khabarhub

छानबिन समितिद्वारा जेलमा भएका सहकारीका सञ्चालकसँग सोधपुछ


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरुसँग सोधपुछ गरेको छ ।

समितिका सभापति सूर्य थापाका अनुसार शनिबार सिंहदरबारमा बसेको बैठकमा समितिले जेलमा रहेका विभिन्नसहकारीका सञ्चालकहरुसँग बयान लिएको हो ।

थापा अनुसार शनिबार पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङसँग केन्द्रीय कारागारबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ।

त्यस्तै नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बालाई पनि नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको थापाले जानकारी दिए ।

यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मालाई केन्द्रीय कारागारबाट बैठकमा ल्याएर बयान लिइएको छ ।

विशेष समितिको कार्यविधि अनुसार विभिन्न सहकारी दुरुपयोगमा संलग्न व्यक्तिहरूको सोधखोज भइरहेको समिति सदस्य सरिता भुसालको भनाइ छ ।

हिजो शुक्रबार समितिले डम्बरबहादुर तामाङ, गोरखा बचत तथा ऋण सहकारी संस्था ललितपुरका पूर्वअध्यक्ष डिबी बम्जन, गोरखा बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था पुलचोक ललितपुरका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंका सचिव रामबहादुर गौतमलाई सोधपुछ गरेको थियो ।

याे पनि

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ९ : २८ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी