अब सम्झनामा टाइटानिकको ‘माइ हर्ट विल गो अन’ का गीतकार « Khabarhub

अब सम्झनामा टाइटानिकको ‘माइ हर्ट विल गो अन’ का गीतकार


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लियोनार्डो डी काप्रिसियो र केट विन्सलेट ९० को दशकका संसारकै लोकप्रिय नाम। इतिहासको पीडादायक क्षण टाइटानिक जहाज दुर्घटना सन् १९९७ मा पर्दामा उतारिएको थियो। अत्यधिक सफल सो चलचित्रले यी दुई स्टारलाई कला क्षेत्रमा नयाँ उचाइ पक्कै दिएको हो। यसै फिल्म टाइटानिकको टाइटल गीत‘माई हर्ट विल गो अन’ अहिले पनि सर्वप्रिय छ। हो त्यो एउटा गीत मात्र थिएन, एउटा जीवनको पीडादायक अन्त्यको कथा थियो। जुन हृदय विदारक दृश्यले सबैलाई जीवनको वास्तविकता बुझ्न बाध्य गराउँथ्यो।

लियोनार्डो, केट र टाइटानिकलाई त्यस उचाई दिने टाइटल गीतका लेखक वेल जेनिङ्स भने धेरैका लागि परिचित नाम नहुनसक्छ। हो पर्दा पछाडिका एउटा नायक जसले धेरै स्टारलाई एउटा सफलताको पहाड चढाए, तीनै जेनिङ्सले ८० वर्षको उमेरमा देह त्याग गरेका छन्।

टेक्ससस्थित आफ्नै निवासमा जीवन बिताएका उनको मृत्युको कारण अझै प्रस्ट छैन। हाइएर लभ उनको अर्को अत्यन्त सफल गीत हो।
पाँच दशकको गौरवशाली क्यारियर बिताएका उनी हलिउडमा सन् १९७६ मा प्रवेश गरेका थिए।

सन् १९७७ मा कम्पोजर रिचर्ड करसँग मिलेर मेरी बानी लोको लुक्स लाइक वि मेडी इट लेखेका थिए। जेनिङ्सको लेखनमा थुप्रै स्टार छाए। बिबी किङ, ह्वीट्नी हाउस्टन, मारिया केरी, जिमी बफेट र रोय ओब्स लगायत कलाकारको स्टारडमको एउटा कारण जेनिङ्स थिए। क्यारियर अवधिभर गीतको लामो साउन्ड ट्रायकमा काम गरेका थिए।

सन् १९८३ मा उनी टेलर हाक्फोर्डको एन्ड अफिस एन्ड र जेन्टलम्यानका लागि लेखेको गीत अप ह्वेयर वि बिलिङका लागि एकेडेमी अवार्ड पाउन सफल भएका थिए। इरिक क्लाटनको रसका लागि टियर्स इन हेभन लेखेका थिए। यसका लागि उनले ग्रामी अवार्ड जितेका थिए भने गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा समेत परे।

जेम्स क्यामरुनका टाइटानिकका लागि त उनले एकेडेमी अवार्ड, गोल्डेन ग्लोब अवार्ड र ग्रामी अवार्ड एकै वर्ष पाए। यो घटना सन् १९९८ मा भएको थियो। माई हर्ट विल गो अनका लागि उनले ती सबै पुरस्कार पाएका थिए। ६ पटक ग्रामी अवार्ड पाएका उनी तीन पटक यसका लागि चुनिएका थिए। सन् २००६ मा उनी गीतकार हल अफ फेमका लागि चयन भए।

उनको निधनमा धेरै जनाले शोक व्यक्त गरेका छन्। गायक पिटर उफले सामाजिक सञ्जालमा विल जेलिङ्स तेज मस्तिष्क भएका भलाद्मी व्यक्तिको रूपमा सम्झिएका छन्। माई हर्ट विल गो अन सेलिन डियोनले गाएकी हुन्।

कम्पोजर जेम्स होल्मरको सङ्गीत त अझ उत्कृष्ट छ नै। सो गीत डियोनको एल्बम लेट्स टक एबाउट लभ र टाइटानिक साउन्ड ट्रयाकमा समावेश गरिएका छन्। सुरुमा टाइटानिकका निर्देशक जेम्स क्यामरुन फिल्ममा पप भर्सनको गीत राख्न असहमत थिए। गीतको डेमो सुनेपछि मात्र उनी सहमत भएका हुन्।

यो गीत २५ देशमा लोकप्रिय गीतको सूचीमा थियो। यो गीतका कारण डियोनको एल्बम सन् १९९८ मा सबै भन्दा बढी चलेको थियो।

यस गीतलाई रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका र नेशनल इन्डारमेन्ट अफ द आर्ट्सेले सर्बकालीन उत्कृष्ट गीतको सूचीमा राखेका थिए।

टाइटानिक रिलिज हुनु भन्दा अघि टाइटानिकमा पप गीत राखिएका कारण कमर्सियल रूपले असफल हुने चिन्ता व्याप्त थियो। सोनीले टाइटानिक साउन्ड ट्र्याकका लागि आठ लाख अमेरिकी डलर तिरेर अधिकार लिएपछि फिल्म युनिटमा पनि आशा पलाइएको थियो। सुरुमा यो गीत नर्वेका गायक सिसेल क्रिकजेबोकोलाई गाउन दिने तयारी थियो। पछि डियोनलाई सो अवसर दिइएको हो।

सङ्गीत कार्यकारी टमी मोटोलाका अनुसार डियोनले एक टेकमा त्यसको रेकर्ड गराएकी थिइन्। डियोनले अर्को गीत लेट्स टक एबाउट लभ यसै फिल्म रिलिजको केही समयपछि नोटमा सामान्य परिवर्तन गर्दै रेकर्ड गराएकी थिइन्।

उनको अर्को गीत ‘हाइएर लभ’ सन् १९८६ मा स्टिभ वि नोटले गाएका हुन्। गीतमा ब्याक ग्राउन्ड भोकल चाका खानको थियो। यसको म्युजिक भिडियो सर्ट सिङ्गल भर्सनमा छ। पिटन कागान र पाउला ग्रिफ कागानले यसको निर्देशन गरेका थिए। सन् १९८७ मा एमटिभी म्युजिक भिडियो अवार्डसहित अरु धेरै अवार्ड जित्न सो फिल्म सफल भएको हो।

रोक विल विथ रक ब्यान्ड ओएसिसको हो। यसको लिड गिटारिस्ट नोएल गालाघार हुन्। गीत पनि उनी आफैले लेखेका हुन्। १७ अगस्ट १९९५ मा सो गीत टप अफ द पप्समा प्रस्तुत भएको थियो। त्यसै प्रस्तुतिपछि गीतले अझ माथिल्लो उचाई छोएको थियो। यो सुपरसोनिक गीत हो। यो आफ्नो भर्सनको बन्नका लागि मानिसलाई प्रेरित गर्ने गीत हो।

सन् १९९८ मा टाइटानिकले १३ वटा एकेडेमी अवार्ड जितेको थियो। एकेडेमी अवार्डको लामो इतिहासमा यो एक अभूतपूर्व सफलता हो। टाइटानिक जत्ति फिल्म हो, टाइटानिक जहाज दुर्घटना इतिहासको त्यत्ति नै हृदयविदारक घटना हो। उत्तर एट्लान्टिक महासागरमा १५ अप्रिल १९१२ मा टाइटानिक जहाज डुबेको थियो। साउथ हम्टनबाट न्युयोर्क जाँदै गरेको सो जहाज पानीमा डुबेको हो। २२२४ जना सवार यात्रु बरफ जम्ने पानीमा ज्यान गुमाउने अवस्थामा पुगेका थिए। यो इतिहासकै एक बीभत्स घटना हो। १४ अप्रिलको दिन टाइटानिकले ६ वटा चेतावनी साइरन पाएको थियो। एकदमै गतिमा हुइँकिएर टाढा पुगेको सो जहाज फेरि फर्कन असमर्थ बनेको थियो। यसै कथामा बचेकी डोनी विन्फ्रेन्ड ब्राउनले नै अभिनय गरेको सेभ्ड फ्रम द टाइटानिक सन् १९१२ मा रिलिज भएको थियो।

 

टाइटानिक जहाज दुर्घटना, टाइटानिक फिल्म र माई हर्ट विल गो अन साँच्चै इतिहासका पठनीय अध्याय हुन्। यसैगरी जेनिङ्स पठनीय र स्मरणीय नाम हो। संसारका शोक सन्तप्त फिल्म दर्शक तथा श्रोताको मनले अहिले भनिरहेको छ, ‘जेनिङ्स आवर हर्ट विल गो अन।’
स्रोतः बिबिसी, भेरिफाई

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : ०० बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको