स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु « Khabarhub

स्थानीयवासी परिचालन गरी सडक स्तरोन्नति सुरु


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ । नगरपालिकामा भूकम्पबाट  बढी प्रभावित चारवटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति सुरु गरिएको हो । 

बेलायती राजदूतावास काठमाडौंको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’ अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति सुरु गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ । 

प्रभावित क्षेत्रका वडा नं ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रम अन्तर्गत रोजगारी प्रदान गरेको आठबिसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए। 

उनका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् । निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् । 

छनोट भएका सबैले ४० दिन बराबरको दुई किस्तामा रु ३६ हजार प्राप्त गर्ने जनाइएको छ । कामका लागि नगद कार्यक्रम अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताए। शर्माका अनुसार छनोट भएका कामदारले प्राविधिकको सल्लाह अनुसार ४० दिन काम गर्नुपर्ने छ । 

प्रत्येक वडाबाट कामका लागि नगद कार्यक्रमको लागि तीन सय ९७, तालिमको लागि नगद कार्यक्रम अन्तर्गत ४० र निःशर्त नगद कार्यक्रममा ८८ जना छनोट गरिएको छ । जस अन्तर्गत चारवटा वडाका दुई हजार एक सय सर्वसाधारण लाभान्वित भएका छन् ।

सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना अन्तर्गत शनिबारबाट वडा नं ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नति सुरु भएको छ । यहाँ दुई दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति हुनेछ । बाँँकी तीन वटा वडामा १५ किलोमिटर सडक स्तरोन्नति गरिने नगरपालिकाले जनाएको छ । 

भूकम्पबाट प्रभावित आठबिसकोट नगरपालिकामा सञ्चालित परियोजनाले गरिब तथा सहाराविहीनलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण सडक स्तरोन्नतिका साथै स्थानीयवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १२ : १० बजे

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत