अमेरिकी चुनावले विश्व व्यवस्थामा पार्ने बहुआयामिक प्रभाव | Khabarhub Khabarhub

अमेरिकी चुनावले विश्व व्यवस्थामा पार्ने बहुआयामिक प्रभाव



अबको ५६‍औँ दिनमा हुने अमेरिकी राष्ट्रपतीय चुनावका दुई उम्मेदवार रिपब्लिकनका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक दलका उपराष्ट्रपति कमला ह्यारिसबीच टेलिभिजनमा ९० मिनेट लामो बहस हुनेछ । एबीसी टेलिभिजनबाट प्रसारण हुने बहस एबीसी न्यूज लाइभ, डिज्नी प्लस र हुलुबाट ‘लाइभस्ट्रिम’ हुने बीबीसीले बताएको छ । २०२४ को अभियान अन्तिम दौडमा प्रवेश गर्दा, जलवायु, आप्रवासन, गर्भपतन, सीमा सुरक्षा, विदेश नीति, श्रम सम्बन्ध, चीन– अमेरिकी प्रतिस्पर्धा मध्यपूर्व शान्ति, रुस–यूक्रेन युद्ध, विश्व अर्थव्यवस्था र उदार प्रजातन्त्रप्रति यस चुनावको प्रभावको बारेमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।

ठूलो संख्याका अमेरिकी र अमेरिकी राजनीतिप्रति चासो हुनेले सो बहस हेर्ने र बहसका मुद्दाप्रति उम्मेद्वारको नीतिका आधारमा ‘मत दिने निर्णय’ लिन सक्ने देखिन्छ । फिलाडेल्फियास्थित ‘नेसनल कन्स्टिच्यूसन सेन्टर’मा हुने बहसकक्षमा दर्शकहरूलाई भने अनुमति दिइने छैन । दुई उम्मेद्वारबीच अर्थतन्त्र, आप्रवासन, गर्भपतन, सीमा सुरक्षा, विदेश नीतिलगायतका विषयमा बहस हुने जनाइएको छ ।

नोभेम्बरको अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिस वा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जसले जिते पनि नतिजाले देशको राजनीतिक वातावरणमा गहिरो प्रभाव पार्नेमा शंका छैन । यद्यपि सर्वेक्षणहरूले अमेरिकी राष्ट्रपतिको चुनाव र राजनीतिक गतिरोध नजिक देखाउँछन् । ती सर्वेक्षणहरुले डेमोक्र्याटिकको जीतको सम्भावना बढ्दै गएको बताउँछन् ।  यदि कुनै एक पार्टीले ह्वाइट हाउस र दुवै सदनलाई नियन्त्रण गर्ने हो भने, यो डेमोक्र्याटहरू हुने सम्भावना बढी देख्छन् विश्लेषकहरू । तर त्यसका लागि चुनावी परिणाम कुर्नुको विकल्प छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो कार्यकालको अन्तिम चरणमा प्रवेश गरेका छन् ।  कोभिड महामारीको सामना, आर्थिक व्यवस्थापन र आप्रवासन नीतिमा सुधार गर्ने प्रयासहरूको कारण बाइडेनले केही हदसम्म सफलता हासिल गरे । तापनि, उनीमाथि यूक्रेन युद्ध र इजरायललाई समर्थन गरेको आरोप बोकेर बिदा हुन लागेका छन् ।
अमेरिकी चुनावले विश्वको ध्यान पुनः अमेरिकातर्फ मोडिएको छ । अशान्त मध्यपूर्व, रूस–यूक्रेन युद्ध र अन्य विश्वव्यापी मुद्दाहरूमा अबको अमेरिकी नेतृत्व र नीतिले के असर पार्नेछ भन्ने विषयमा सबैको ध्यान गएको छ । नयाँ नेतृत्वले अङ्गिकार गर्ने नीतिले विश्व शान्ति र अमनचयन बलियो बनेको देख्न चाहन्छ संसार । त्यसैले अमेरिकाको लागि मात्र नभई विश्वका लागि  नै अमेरिकी चुनावको सान्दर्भिकता रहेको छ ।

डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्दै अमेरिकामा रहेका विभाजन, अन्याय र असमानता विरुद्ध लड्न जनतालाई एकजुट हुन आग्रह गरेकी छन् । उनले अमेरिकी समाजलाई स्वतन्त्रता, समानता, र न्यायको पक्षमा उभिन आह्वान गरेकी छन् । यदि उनी राष्ट्रपति निर्वाचित हुने हो भने उनको प्रशासनले विभाजन, अन्याय र असमानता विरुद्ध कडा कदम चाल्न सक्छ । सामाजिक न्याय, स्वास्थ्य सेवा र जलवायु परिवर्तनजस्ता मुद्दाहरूमा प्रगतिशील नीतिहरू अपनाउने सम्भावना छ ।

विश्वव्यापी संकट र चुनौतीहरूका बीचमा ह्यारिसको नेतृत्वले अमेरिका र अरू देशहरूबीचको कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सक्छ । उनले मानव अधिकार, लोकतन्त्रको प्रवर्द्धन र बहुपक्षीय सहयोगमा जोड दिने सम्भावना छ । तर, विश्व अहिले विभिन्न समस्याबाट गुज्रिरहेको छ ।

चीनको उदय, रुससँगको तनाव, मध्यपूर्वको अस्थिरता, जलवायु परिवर्तन र प्रविधिको विकासले विश्व राजनीतिक संरचना र शक्ति सन्तुलनमा चुनौतीहरू थपिरहेका छन् ।  यस्तो अवस्थामा ह्यारिसको नेतृत्वमा अमेरिकाले विश्व व्यवस्थामा कसरी भूमिका खेल्ने हो, त्यो चासोको विषय बनेको छ ।

संसार आज थकित र अन्योलमा छ । राजनीतिज्ञहरू संकटलाई अवसरमा बदल्ने सपना देख्छन् , देखाउँछन् । तर आजको पोलिक्राइसिस् (बहुआयामिक संकट)ले विश्वका नेताहरूलाई पूर्णरूपमा उल्झनमा पारेको छ । संकटहरू जटिल र एकअर्कासंग जोडिएका छन् । बढ्दो भूराजनीतिक तनाव र मध्यपूर्वमा इजरायल–लेबनान–गाजा हुँदै इरानसम्म फैलावट द्वन्द्वको पृष्ठभूमिमा लालसागरमा भइरहेको हुथी आक्रमणले विश्वव्यापी अर्थतन्त्रमा अवरोध उत्पन्न गरेको छ ।

चक्रीय मौसमी प्रवृति र जलवायु परिवर्तनको दीर्घकालीन प्रभावले मध्य अमेरिकामा खडेरी, पानामा नहरबाट हुने ढुवानीमा कटौती भएको छ । हिन्दू कुश हिमालय क्षेत्रमा हिउँ पग्लिने, हिमताल फुट्ने अनि तटीय मुलुकहरूमा जलस्तर बढ्ने समस्या विकराल बन्दै गएको छ ।

गाजा युद्धको मानवीय क्षति बढ्दै र प्यालेस्टिनीहरूको मृत्यु संख्या बढिरहेको छ । युक्रेनको रक्षाका लागि युरोप, अमेरिका, विशेषगरी नाटो समूह केन्द्रित छ । त्यस्तै, चीन र उत्तर कोरियाको साथमा रुस युद्ध रोक्ने मनस्थितिमा छैन । स्वार्थको प्रतिस्पर्धा, विश्वव्यापीकरण, क्षेत्रीय असन्तुलन, साइबर र सुरक्षा समस्याहरूले संसारलाई अस्थिर बनाइरहेको छ ।

कोभिडपछि मंकीपक्स, बेरोजगारी, विश्वव्यापी आर्थिक मन्दी आदि समस्याहरूको बीचमा ट्रम्पले तेस्रो विश्वयुद्ध हुन नदिने बताएका छन् । यस्ता बहुआयामिक संकटबीच अनपेक्षित अरु समस्याले सबैको ध्यान खिचेको छ । यस्ता समस्याबीच कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला राष्ट्रपति उम्मेदवार बनेकी छिन् ।

विश्व सन्दर्भमा, ह्यारिस नेतृत्वले अमेरिका र अरू मुलुकहरूबीच कूटनीतिक सम्बन्धलाई सुदृढ पार्न प्रयास गर्न सक्छ । उनले मानव अधिकार, लोकतन्त्रको प्रवर्द्धन र बहुपक्षीय सहयोगमा जोड दिने सम्भावना छ । तर, विश्व परिस्थिति अहिले अस्थिर छ । चीनको उदय, रुससँगको तनाव, मध्यपूर्वको अस्थिरता, जलवायु परिवर्तन र प्रविधिको विकासले विश्व राजनीतिक संरचना र शक्ति सन्तुलनमा चुनौतीहरू थपिरहेका छन् । यस्तो अवस्थामा, कमला ह्यारिसले विश्व व्यवस्थामा अमेरिका र अन्य देशहरूबीचको साझेदारीलाई कसरी सम्बोधन गर्छिन् भन्ने कुराले उनको प्रशासनको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

ह्यारिसको शासनमा अमेरिका आन्तरिक रूपमा अधिक समावेशी, प्रगतिशील र विश्वमैत्री बन्ने अपेक्षा गर्न सकिन्छ । ट्रम्प पुन : अमेरिकाको नेतृत्व गर्ने अवसर पाए भने अमेरिका र विश्व व्यवस्था दुवैमा महत्त्वपूर्ण परिवर्तन हुन सक्छ । अमेरिकी राजनीति र समाजमा ट्रम्पको पुनरागमनले अमेरिकी समाजमा ध्रुवीकरणलाई थप गहिरो बनाउने सम्भावना छ । ट्रम्पको कार्यकालका दौरान देखिएका विभाजन, जातीय तनाव र राजनीतिक असहमतिले अमेरिकी लोकतन्त्रमा चुनौती थप्न सक्छ । ट्रम्पले कानुनी, आप्रवासन र स्वास्थ्य सेवा जस्ता मुद्दाहरूमा कडा नीति अपनाउने सम्भावना रहन्छ, जसले गर्दा समाजमा तनाव बढ्न सक्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीति पुन : लागू हुने सम्भावना प्रबल छ, जसले परम्परागत अमेरिकी साझेदारीहरूलाई प्रभावित गर्न सक्छ । उनले चीन, युरोप र अन्य देशहरूसँगको व्यापार युद्धलाई पुन : जागृत गर्ने, नाटो र अन्य बहुपक्षीय संगठनहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र रुस तथा उत्तर कोरियासँगको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना छ । यसले विश्वव्यापी अस्थिरता बढ्न सक्छ र कूटनीतिक सम्बन्धहरूमा नयाँ चुनौतीहरू उत्पन्न हुन सक्छन् ।

व्यापार र आर्थिक नीतिहरूसँगै  ट्रम्पको पुनरागमनले व्यापार नीति र संरक्षणवादलाई प्राथमिकता दिने सम्भावना छ। उनले आयातमा उच्च कर लगाउने, चीन र अन्य मुलुकहरूसँगको व्यापार सम्झौतामा पुनर्विचार गर्ने र अमेरिकी उद्यम तथा उद्योगलाई प्राथमिकता दिने नीतिहरू लागूगर्न सक्छन्। यसले विश्वव्यापी आपूर्ति श्रृंखला र आर्थिक सहयोगमा अवरोध उत्पन्न गर्न सक्छ।

जलवायु परिवर्तन र पर्यावरणीय नीतिहरूसँग ट्रम्पले जलवायु परिवर्तनलाई गम्भीरता नदिने, पेरिस सम्झौताबाट पुनः बाहिरिने, र वातावरणीय नियमहरूलाई कमजोर पार्ने सम्भावनाछ। यसले जलवायु परिवर्तनको चुनौतीलाई थप बढाउन सक्छ र विश्वव्यापी पर्यावरणीय प्रयासहरूमा बाधा पुर्‍याउन सक्छ।

विश्व व्यवस्था र सुरक्षा ट्रम्पको पुनरागमनले मध्यपूर्व, एशिया र युरोपमा सुरक्षा चुनौतीहरू बढ्न सक्छ । उनले इरान, उत्तर कोरिया र चीनसँग कडा नीतिहरू अपनाउने सम्भावना देखिन्छ, जसले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा चुनौती थप्न सक्छ ।

समग्रमा, ट्रम्पको पुनरागमनले अमेरिका र विश्व व्यवस्थामा अनिश्चितता, ध्रुवीकरण र अस्थिरता बढाउने निश्चित छ । तथापि, यी सबै सम्भावनाहरू ट्रम्पको प्रशासनले कसरी आफू र विश्वलाई सम्बोधन गर्छ भन्ने कुरामा निर्भर गर्नेछ । आफ्नो अनुभव र विश्व अवस्था मूल्याङ्कन गरेर उल्लेखित सम्भावना असत्य साबित गर्न पनि सक्छन् ।

यदि डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति निर्वाचित भए भने अमेरिकामा मात्र नभई विश्वभर पनि ठूला परिवर्तनहरू देखिन सक्छन् ।  उनको अमेरिका फस्र्ट नीतिले परम्परागत अमेरिकी साझेदारहरूलाई प्रभावित गर्ने सम्भावना छ, जसले विश्वव्यापी अस्थिरता निम्त्याउन सक्छ । उनले चीन, युरोप, र अन्य देशहरूसँगको व्यापार युद्धलाई पुनः तीव्र बनाउन सक्छन् । नाटो र अन्य बहुपक्षीय संगठनहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्न सक्छन्  । र रुस तथा उत्तर कोरियासँगको सम्बन्धमा परिवर्तन ल्याउन सक्छन् । यसले विश्वव्यापी अस्थिरता बढ्न सक्छ र कूटनीतिक सम्बन्धहरूमा नयाँ चुनौतीहरू उत्पन्न हुन सक्छन् ।

अमेरिकी चुनावले विश्व राजनीतिक र आर्थिक व्यवस्थामा गहिरो प्रभाव पार्न सक्छ । अमेरिका संसारको सबैभन्दा ठूलो अर्थतन्त्र र प्रमुख वैश्विक शक्ति हो । यसको विदेश नीति, आर्थिक नीति र कूटनीतिक सम्बन्धहरूले विश्वभरका राजनीतिक घटनाक्रम र अर्थतन्त्रलाई प्रभावित गर्छ ।

अमेरिकी चुनावले विश्वमा पार्न सक्ने केही सम्भावित पक्षहरू यस्ता छन् ।  

वैश्विक शक्ति सम्बन्धहरूमा परिवर्तन : चुनावले अमेरिका र अन्य प्रमुख शक्तिहरू (जस्तै चीन, रूस, युरोपियन युनियनबीचको सम्बन्धलाई पुनपरिभाषित गर्नसक्छ । नयाँ नेतृत्वको दृष्टिकोण र नीतिहरूले यी सम्बन्धहरूमा तनाव वा सहयोग उत्पन्न गर्नसक्छ ।

गठबन्धनहरू र कूटनीतिक सम्बन्धहरूमा पुनर्संरचना : चुनावले नाटो, क्वाडजस्ता अन्तर्राष्ट्रिय संगठनहरूमा अमेरिकी भूमिका र प्रतिबद्धतामा परिवर्तन ल्याउन सक्छ । नयाँ प्रशासनले यी संगठनहरूलाई बलियो वा कमजोर बनाउने निर्णय गर्न सक्छ ।

लोकतन्त्र र मानव अधिकारमा असर : अमेरिकी नेतृत्वले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताको समर्थन गर्ने नीति अंगीकार गरेमा यसले विश्वभरका लोकतान्त्रिक शक्तिहरूलाई बलियो बनाउन सक्छ । यदि अमेरिकाले अधिनायकवाद वा अधिकारवादी प्रवृत्तिहरूलाई समर्थन गर्ने संकेत गर्‍यो भने यसले विश्वभरका अधिकारवादी नेताहरूलाई हौसला दिनसक्छ र लोकतन्त्रलाई कमजोर पार्न सक्छ ।

विकासशील देशहरूसँगको सम्बन्धमा असर : अमेरिकी चुनावले विकासशील देशहरूसँगको अमेरिकी सहयोग र सहायता नीतिमा परिवर्तन ल्याउन सक्छ । नयाँ प्रशासनले विकास सहयोगलाई प्राथमिकता दिने वा कटौती गर्ने, व्यापार सम्झौताहरूलाई पुनः वार्ता गर्ने निर्णय गर्न सक्छ ।

वैश्विक मुद्दाहरूमा नेतृत्वको असर :  जलवायु परिवर्तन, आतंकवाद, आणविक अप्रसार, साइबर सुरक्षा र अन्तर्राष्ट्रिय व्यापार जस्ता वैश्विक मुद्दाहरूमा अमेरिकाले खेल्ने भूमिकामा पनि चुनावको परिणामले प्रभाव पार्न सक्छ ।

लोकप्रियता र विश्वव्यापी छवि : अमेरिकी चुनाव परिणामले अमेरिकाको अन्तर्राष्ट्रिय छविमा पनि असर पार्न सक्छ । यदि चुनाव परिणामले अमेरिकाको लोकतान्त्रिक मूल्यहरूको पुनः पुष्टि गर्छ भने यसले अमेरिकालाई विश्वभरका लोकतान्त्रिक मुलुकहरूमा एक सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छ । अन्यथा, विवादास्पद चुनावी प्रक्रिया वा परिणामले अमेरिकाको विश्वव्यापी प्रतिष्ठामा क्षति पुर्‍याउन सक्छ ।

वित्तीय बजारमा अस्थिरता : चुनावको बेला अनिश्चितता बढ्छ, जसले गर्दा विश्वभरका वित्तीय बजारहरूमा उतार चढाव हुनसक्छ । उम्मेदवारहरूको नीति र तिनीहरूको चुनावी सम्भावनाले लगानीकर्ताहरूमा भय वा आशा उत्पन्न गर्न सक्छ ।

वाणिज्य नीतिमा परिवर्तन : नयाँ प्रशासनले व्यापार नीति परिवर्तन गर्न सक्छ, जसले व्यापार सम्झौताहरूको पुनर्विचार, टेरिफमा परिवर्तन वा नयाँ व्यापार सम्झौताहरूको पहलमा प्रतिबिम्बित हुनसक्छ ।

डलरको मूल्यमा परिवर्तन : चुनावको परिणामले अमेरिकी डलरको मूल्यमा असर पार्न सक्छ । लगानीकर्ताहरूमा विश्वास र स्थायित्वको संकेतले डलरको मूल्यमा वृद्धि हुनसक्छ । अस्थिरता वा अनिश्चितताले डलरको मूल्य घटाउन सक्छ ।

वैदेशिक प्रत्यक्ष लगानी र प्रवाहमा असर : नयाँ प्रशासनले लगानीकर्ताहरूका लागि आकर्षक नीति ल्याएमा यसले अमेरिका भित्र विदेशी लगानी बढाउन सक्छ । अन्यथा, कठोर कर नीति वा नियामक परिवर्तनले लगानीकर्ताहरूलाई अन्यत्र लगानी गर्न प्रेरित गर्न सक्छ ।
अन्तर्राष्ट्रिय सहयोग र सहायता नीतिमा असर ः नयाँ प्रशासनले दिगो विकास, जलवायु परिवर्तन, स्वास्थ्य संकट समाधान र विश्व बैंकजस्ता बहुपक्षीय संस्थाहरूमा आफ्नो योगदानको पुनर्विचार गर्न सक्छ ।

मुद्रास्फीति र ब्याजदरमा असर : ठूलो आर्थिक प्रोत्साहन प्याकेज वा सरकारी खर्चमा वृद्धिले मुद्रास्फीति बढ्न सक्छ, जसले फेडरल रिजर्भलाई ब्याजदर बढाउन बाध्य पार्न सक्छ ।

वातावरणीय नीति र हरित अर्थतन्त्रमा असर : नयाँ प्रशासनले हरित ऊर्जा र जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकता दिएमा यसले नवीकरणीय ऊर्जा, विद्युतीय गाडी र हरित प्रविधिमा लगानी बढाउन सक्छ ।

अमेरिकी चुनावले विश्व राजनीतिक व्यवस्थामा ठोस परिवर्तन ल्याउन सक्छ । अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, वैश्विक मुद्दाहरूमा सहकार्य र शक्ति सन्तुलनलाई प्रभावित गर्छ । यसका लागि विश्वभरिका सरकार, नेता र नागरिकले अमेरिकी चुनावलाई चासोका साथ हेरिरहेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ४३ बजे

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख

दाङ– दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला

सिरहामा एकवर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना

सिरहा– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिरहामा सन् २०२४ मा

एमाले सचिवालय बैठक बुधबारका लागि आह्वान

काठमाडौं– नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।