उपसभामुखलाई महाभियोग लगाउने तयारी, प्रतिवादमा उत्रियो रास्वपा « Khabarhub

उपसभामुखलाई महाभियोग लगाउने तयारी, प्रतिवादमा उत्रियो रास्वपा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई महाअभियोग लगाउने कुरा मान्य नहुने जनाएको छ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउने खबर सुनेको भन्दै त्यस्तो कदम चालिए मान्य नहुने बताए ।

उनले उपसभामुखलाई महाअभियोग लगाएर लोकतन्त्रमाथि धावा नबोल्न चेतावनीसमेत ठूला दललाई दिएका छन् ।

संख्या र सत्ताशक्तिका नाममा राज्य चलाउने बुझाइ हो भने सार्वभौम जनताको अगाडि कुनै सत्ता नटिक्ने उनले बताए ।

‘आज सम्मानित पदलाई परिषद्‍मा आफ्नो बहुमत पुग्दैन भनेर लोकतन्त्रका लागि लडेका, आफूलाई मसिहा भन्ने राजनीतिक पार्टीहरु सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैहुनुहुन्छ । स्मरण रहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं लड्नेछ । जनताको पक्षमा लड्नेछ’, उनले भने, ‘के नेपाली लोकतन्त्र यति कमजोर हो ? लोकतन्त्रमाथि धावा नबोल्नुस्, आज सहज होला, भोलि तपाईंहरूलाई नै अप्ठ्यारो पर्ला । यो हाँस्ने कुरा होइन, सल्लाह गर्ने कुरा पनि होइन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने तमाम नेपाली जनता सडकमा ओर्लिन्छन् । दलहरूविरुद्ध आन्दोलन गर्नेछन् ’

युवा पुस्ताको राजनीतिक चेतनामाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रलाई मार्ने, जनताको संवैधानिक अधिकारलाई हनन गर्ने प्रयास आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए ।

संख्याको भरमा मात्रै राजनीति चल्छ भन्ने भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे । जनताको सार्वभौम सत्ता अगाडि संख्याको केही नचल्ने उनको चेतावनी छ ।

ठूला दलले तत्काल आफ्नो सहजताका लागि लोकतन्त्रविपरीतको काम गरे आगामी दिनमा आफूले खनेको खाल्डोमा आफैँ पार्न सक्नेतर्फ उनले सज गराए ।

‘लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ । संख्याका नाममा मात्रै, सत्ता शक्तिका नाममा मात्रै यो राज्य चल्छ र जे पनि गर्न सकिन्छ भन्ने तपाईँहरुको बुझाईँ हो भने जनताको सार्वभौम सत्ता अगाडि कुनै पनि सत्ता संसारमा टिकेको छैन,’ उनले भने ।

यसअघि सोमबार बसेको सत्तागठबन्धनको बैठकमा उपसभामुख राना मगरलाई महाअभियोग लगाएर पदबाट हटाउने बिषयमा छलफल भएको खुलेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ५५ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)