बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल पुन: निर्माण « Khabarhub

बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल पुन: निर्माण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । 

बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डेयाङग्रीको पुल पुन:निर्माण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए। तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो । 

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक-पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए। कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । 

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीले समेत क्षति पुर्‍याएको थियो । तत्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ ।

 त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ०७ बजे

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स