बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल पुन: निर्माण « Khabarhub

बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल पुन: निर्माण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । 

बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डेयाङग्रीको पुल पुन:निर्माण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए। तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो । 

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक-पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए। कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निमार्णको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । 

सो पुलमा विसं २०७८ असार १ गतेको बाढीले समेत क्षति पुर्‍याएको थियो । तत्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ ।

 त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ०७ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६