नवाजुद्दिन सिद्दिकी भन्छन्- नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु | Khabarhub Khabarhub

नवाजुद्दिन सिद्दिकी भन्छन्- नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् ।

नवाजले नेपाली फिल्ममा केही न केही काम गर्ने बताउँदै खासगरी मीनसँग सहकार्यको इच्छा व्यक्त गरे ।

‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ’, उनले भने, ‘यस्तो फिल्म बनाउन ठूलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी पनि उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यबहार गरेको अनुभव सुनाएका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको