नवाजुद्दिन सिद्दिकी भन्छन्- नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु « Khabarhub

नवाजुद्दिन सिद्दिकी भन्छन्- नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले सञ्जय सिलवाल गुप्ताको पोडकाष्टमा आफूले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् ।

नवाजले नेपाली फिल्ममा केही न केही काम गर्ने बताउँदै खासगरी मीनसँग सहकार्यको इच्छा व्यक्त गरे ।

‘म अभिनयको सवालमा केही गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ’, उनले भने, ‘यस्तो फिल्म बनाउन ठूलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी पनि उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफूले न्यानो आतिथ्य पाएको बताउँदै नेपालीहरूले निकै राम्रो व्यबहार गरेको अनुभव सुनाएका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २१ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने