झापामा लागूऔषधको कारोबार बढ्दो « Khabarhub

 झापामा लागूऔषधको कारोबार बढ्दो


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 भद्रपुर– स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागूपदार्थ कारोबारमा संलग्न एक हजार एक सय पाँच जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा एक हजार नौ पुरुष र ९६ महिला रहेको उनले बताए। 

जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८-७९ मा दुई सय मुद्दा, आव २०७९-८० मा दुई सय छ मुद्दा, आव २०८०-८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागूपदार्थ दुर्व्यसनी र कारोबारीको सङ्ख्या बढ्दै गएको प्रहरी नायब उपरीक्षक चन्दको भनाइ छ । 

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागूऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले दुई किलो ब्राउन सुगर र २८ दशमलव पाँच किलो गाँजा बरामद गरेको हो ।

यसैगरी झापा प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९-८० मा तीन सय ३६ मानिस लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : ०५ बजे

विदेशबाट फर्केका युवा सुकुटी व्यवसायमा, भन्छन्- मासिक दुई लाखसम्म आम्दानी गर्छौँ

मोरङ– कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका

रास्वपा सांसद गेलालले मतदातालाई भने, ‘विगतमा चिया, बिस्कुट, मासुभात र पैसामा बिकेकाहरूले विरोध गर्न थाले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उदयपुर क्षेत्र नम्बर १ का

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने