खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने सरकारको निर्णय


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चैनपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभावासीको विकासप्रतिको चाहनालाई पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश(ख)ले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काको सम्मानमा चैनपुरमा आयोजित  कार्यक्रममा बोल्दै उनले विकासको हिसाबले पछि परेको सङ्खुवासभालाई अगाडि लैजान प्रतिबद्ध भएर लाग्ने बताएका हुन् ।

‘वर्तमान सरकार समृद्ध मुलुक निर्माण गर्ने अभियानमा छ, उक्त अभियानमा सङ्खुवासभा छुट्दैन,’ उनले भने । सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण गर्ने निर्णय सरकारले गरिसकेको उनले जानकार दिए ।

ऊर्जामन्त्री खड्काले जलस्रोतको धनी जिल्ला सङ्खुवासभामा पर्यटन र कृषिमा समेत उत्तिकै सम्भावना रहेको उल्लेख गरे। सङ्खुवासभाको विद्युत्को सदुपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने मन्त्री खड्काको भनाइ छ ।

‘निराशा हुने होइन, आश जगाएर अगाडि बढेमात्र सङ्खुवासभाको विकास हुन्छ,’ उनले भने।

उनले गरिब र विपन्न वर्गलाई सम्पन्न नबनाई मुलुक सम्पन्न नहुने भएकाले उनीहरूलाई सम्पन्न बनाउने गरी सरकारले काम सुरु गरेको बताए। जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले सङ्खुवासभा जलस्रोतको भण्डार र ऊर्जाको सम्भावना भएको जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताए। उनले जलविद्युत्सँगै पर्यटन र कृषिको विकास गर्नसके सङ्खुवासभाले आर्थिक विकासमा फड्को मार्ने उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सङ्खुवासभामा पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको बताए। उनले सङ्खुवासभाका ९० प्रतिशत भूभाग विद्युतीकरण भएकाले बाँकी क्षेत्रमा पनि चाँडो विद्युत् विस्तार गरिरहेको जानकारी दिए । सङ्खुवासभाको भाग्य र भविष्य ऊर्जा क्षेत्रमा भएको उनको भनाइ थियो ।

नेपाली कांग्रेस सङ्खुवासभा प्रदेश (ख)का सभापति दीपेन्द्रमान शाक्य, उपसभापति लोकबहादुर लिम्बूलगायतले समृद्ध सङ्खुवासभा निर्माणका लागि नवनियुक्त ऊर्जामन्त्रीले काम गर्ने विश्वास व्यक्त गरे ।

 उनीहरूले जिल्लाको जलविद्युत् क्षेत्रको विकास, तालको संरक्षण, सौर्यबत्तीको जडान, पर्यटक क्षेत्रको विकास, खानेपानी विकास, कोशी राजमार्गको विस्तार, अस्पतालको क्षमता अभिवृद्धिलगायत माग राखेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ४३ बजे

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा