सहकारी प्रकरण : धनराज गुरुङमाथि निष्पक्ष छानविन गर्न गगन थापाको माग « Khabarhub

सहकारी प्रकरण : धनराज गुरुङमाथि निष्पक्ष छानविन गर्न गगन थापाको माग


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन् । 

गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अव अनुसन्धानमा ढिलाई नगर्न नहुने उनले बताए। कुनै पनि प्रकरणमा कानूनको उलंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाईन रहेको थापाले बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषी देखिए कारवाही समेत गर्नुपर्ने धारणा राखे ।

त्यस्तै थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए ।

उनले सबैको बीचमा सहमति कायम गरेर अहिलेको व्यवस्थालाई सुदृढ गर्ने गरि राजनीतिक स्थायीत्वलाई प्राथमिकतामा राख्ने गरि न्यूनतम साझा कार्यक्रम बनाइने जानकारी दिए । त्यस्तै मुलुकको अर्थतन्त्रको सुधारका साथै जनतालाई परिवर्तनको महशुस हुनेगरि काम गर्नका लागि आवश्यक साझा कार्यक्रम बनाउनुपर्नेमा उनले जोड दिए । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ४ : ५३ बजे

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल र १८ केन्द्र थप गरियो

रौतहट – आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित

मध्यरातमा बालेन र रविलाई सुधनको चेतावनी : कुलमानलाई बाहिर राखेर एकता गरेको कि भ्रम छरेको ?

काठमाडौं – जेनजी अगुवा सुधन गुरुङले रवि लामिछाने र बालेन्द्र

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर