काठमाडौं– साधरणतया मानिसहरू आफूलाई जसरी सजिलो लाग्छ त्यसरी नै सुत्ने गर्छन् । कसरी सुत्ने भन्ने कुराले हाम्रो स्वास्थ्यमा निकै भूमिका खेल्ने गर्छ । तर मानिसहरू सुताइको पोजिसनले शरीरलाई फाइदा हुने कुरा ख्याल राख्दैनन् ।
बायाँ कोल्टिएर सुत्दा स्वास्थ्यलाई हुने फाइदा यस्ता छन् :
– बायाँ कोल्टिएर सुत्दा घुर्ने वा स्लीप एमनिया कम गर्छ।
– बायाँ फर्केर सुते मुटुमा दबाब पर्दैन र मुटुले राम्रो काम गर्छ ।
– सबै अङ्ग तथा मस्तिष्कमा अक्सिजनको प्रवाह राम्रोसँग हुन्छ, जसले गर्दा सबै अङ्गले राम्रोसँग काम गर्छन् ।
– बायाँ फर्केर सुत्दा निद्रा राम्रो पर्छ । बिहान उठ्दा पनि फ्रेस महसुस गर्न सकिन्छ ।
– पेटसम्बन्धी समस्या हुँदैन । कब्जियतबाट पनि राहत मिल्छ ।
– गर्भवती महिलालाई सुरक्षित राख्छ । स्पिनिङ बेबीजका संस्थापक तथा भ्रूण तथा आमा स्थिति विशेषज्ञ मिडवाइफ गेल टुलीका अनुसार गर्भावस्थामा दायाँतिरको तुलनामा बायाँ छेउमा सुत्नुको धेरै स्वास्थ्य लाभहरू छन् ।
-एजेन्सी
प्रतिक्रिया