रविले सहकारी पीडितलाई भने- तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ « Khabarhub

रविले सहकारी पीडितलाई भने- तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरामा सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेपछि जवाफमा बोलेका छन् ।

लामिछानेले आफूलाई लक्षित गर्दै विरोध र कालोझन्डासमेत देखाएपछि कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताएका छन् ।

सहकारी पीडितहरूलाई जवाफ दिँदै रविले पोखरामै भने, ‘तपाईंहरू गलत मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ । तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ ।’

लामिछानेले सहकारी हिनामिनाको अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरिएको बताए ।

रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरूले ‘सहकारी भनेको रवि लामिछाने हो’ भन्ने भाष्य बनाइदिएको पनि उनले गुनासो गरे ।

गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको भन्ने थाहा नभएको पनि उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिकामा रहेको पनि जिकिर गरे।

तर गोर्खा मिडियामा गितेन्द्रबाबु राई अध्यक्ष हुँदा रवि लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल