परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव | Khabarhub Khabarhub

परिवर्तनका लागि जनता जागरुक हुनुपर्छ : उपेन्द्र यादव


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई जागरुक नबनाएसम्म देशमा अपेक्षित परिवर्तन हुननसक्ने बताएका छन् ।

सो पार्टीको आज धनगढीमा आयोजित संगठन सुदृढीकरण, पार्टी विस्तार तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले देशका विकृति विसङ्गतिविरुद्धमा जनतालाई जागरुक बनाउँदै परिवर्तनको पक्षमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘जनता सङ्गठित, सचेत र जागरुक भइसकेपछि मात्र विसङ्गति विकृतिविरुद्ध सङ्घर्ष गरेर परिवर्तन सम्भव हुनसक्छ ।’

 पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले भ्रष्टाचार, कमिशनतन्त्रजस्ता बेथिति बढ्दा दलित, थारु, मधेशी, आदिवासी जनजातिका समस्या समाधान हुन नसकेको उल्लेख गरे।

कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य घनश्याम कुश्मि, केन्द्रीय अनुशासन विभागका सदस्य आरसी यादव, सुदूरपश्चिम प्रदेशका अध्यक्ष भगतराम थारु, उपाध्यक्षद्वय निर्मला रिजाल र गोविन्दराज रानाथारु, कैलाली जिल्ला अध्यक्ष गयाँप्रसाद कुश्मीलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा बोलेका थिए ।

सो पार्टीले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग जसपा नेपाल, गाउँगाउँमा जसपा नेपाल, घरघरमा जसपा नेपाल’नाम दिएर अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ०२ बजे

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि

सिजनकै पहिलो शतक बनाउन चुके प्रियांक, कर्णालीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो सिजनको मंगलबार भइरहेको

कोलम्बियामा अपहरणमा परेका १५ बालबालिकाको मृत्यु

एजेन्सी– कोलम्बियाको सेनाले अगस्ट महिनादेखि गुरिल्ला लडाकाहरूलाई लक्षित गरी सञ्चालन

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित