चालु आवमा सहरी विकास ऐन तर्जुमा हुन्छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

चालु आवमा सहरी विकास ऐन तर्जुमा हुन्छ : उपप्रधानमन्त्री सिंह


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षभित्रै सहरी विकास ऐन तर्जुमा गरिने बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिंहले उक्त ऐन तर्जुमा गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनःसंरचनासम्बन्धी काम अगाडि बढाइने बताएका हुन् । 

बैठकमा सांसद प्रेम सुवालले सबै स्थानीय तह वरिपरि खेती र वनजङ्गल क्षेत्र कायम गर्ने योजना सरकारले बनाएको छ कि छैन रु भनी प्रश्न गरेका थिए । उनले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामको प्रभावकारिताको पनि प्रश्न उठाएका थिए । 

जवाफमा सहरी विकासमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिई जग्गा खण्डिकरण गर्ने व्यवसायीहरूलाई कारबाही गरिएको बताए।

काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत बाटोको लागि न्यूनतम १५ प्रतिशत र खुल्ला क्षेत्रका लागि कम्तीमा पाँच प्रतिशत जग्गा छुट्याइ भौतिक विकास योजना सञ्चालन गर्न अनुमति दिइने गरिएको पनि सिंहको भनाइ छ ।

 भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको रहेको र स्थानीय तहबाट बस्ती विकासको क्षेत्रमा सहयोग माग भएमा सहरी विकास मन्त्रालयबाट आवश्यक सहयोग भइरहेको पनि उनले उल्लेख गरे ।

‘भू-उपयोग ऐन २०७६, भू-उपयोग नियमावली २०७९ अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्राविधिक सहयोगमा कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्र गरी १० क्षेत्र सहितको भूउपयोग योजना तयार गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हो’, उनले भने ।

नगरहरूको विकास र विस्तारको साथै नयाँ नगरहरूको निर्माण गरी नगरवासीलाई आवश्यक सेवा सुविधा पुर्‍याउन तथा सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा एवं आर्थिक हित कायम राख्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न नगर विकास ऐन २०४५ कार्यान्वयनमा रहेको पनि सहरी विकास मन्त्री सिंहले बताए । 

उक्त ऐनअनुसार नगरपालिकाहरुको सहरी योजना तर्जुमा तथा कार्यान्वयन गर्ने संयन्त्रको रुपमा नगर विकास समिति रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : ३५ बजे

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

भक्तपुर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा

मुन्धुमी जीवनदर्शन बुझाउने ‘सेक्मुरी फूल’ विमोचित

काठमाडौं– आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको

धरान विस्तार गर्ने सुब्बा रत्नप्रसाद : अङ्ग्रेजसँग व्यापार, रहस्यमय मृत्यु

सुनसरी – पूर्वको लिम्बूवानी क्षेत्रमा याक्थुङ लिम्बू समुदायलाई राणाकाल र

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा