नवाजुद्दीन जब मीन भामबारे अध्ययन गर्न बाध्य भए… « Khabarhub

नवाजुद्दीन जब मीन भामबारे अध्ययन गर्न बाध्य भए…


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मीनबहादुर भामको निर्देशन रहेको फिल्म ‘साम्बाला’को प्रिमियरका लागि नेपाल आएका बलिउड नायक नवाजुद्दीन सिद्दीकी यतिखेर काठमाडौंमा छन्‌ । नवाजुद्दीनले ‘सम्बाला’लाई आफ्नो अपेक्षाभन्दा माथिको नेपाली फिल्मको सङ्ज्ञा दिएका छन् ।

‘फिल्म आश्चर्यजनक र सुन्दर छ । मैले अपेक्षा गरेको थिइनँ यति राम्रो छ भनेर,’ उनले भनेका छन्‌, ‘मलाई यो फिल्म उत्कृट छ भन्ने चाहिँ थाहा थियो । तर सोँचेको थिइनँ यति राम्रो छ भनेर । साँच्चिकै यो अतिराम्रो छ ।’

उनले सम्बालका कलाकारहरूको अभिनय पनि तारिफ गरे । फिल्मको केन्द्रीय पात्र ‘पेमा’को भूमिका निर्वाह गरेकी नायिका थिन्ले ल्हामोको अभिनयबारे उनी भन्छन्, ‘माई गड ह्वाट अ पर्फमेन्स !’

करोडौं लगानी हुने बलिउड फिल्ममा अभिनय गर्ने चल्तीका नायक नवाजुद्दीनले सम्बाल जस्ता फिल्म बनाउन साहस चाहिने प्रतिक्रिया दिए ।

‘सम्बाला’ जस्तो फिल्म बनाउन निकै साहस चाहिने उनको बुझाइ छ । हेरेको वर्षौं समयसम्म पनि दर्शकको मस्तिष्कमा बस्ने सक्ने फिल्म आफूलाई उत्कृष्ट लाग्ने बताउँदै उनले फिल्म सम्बालामा आफूले सो क्षमता पाएको प्रतिक्रिया दिए ।

‘हेरेर आनन्द प्रदान गर्नेलाई मात्रै फिल्म भनिँदैन । हेरेपछि दर्शकको मानसिकतामा वर्षौंसम्म बस्नुपर्छ । पूरा जीवन सँगै रहनुपर्छ,’ उनी थप्छन्, ‘सम्बाला मेरो जीवनभर रहने सिनेमा हो । मलाई यस प्रकारको सिनेमा धेरै राम्रो लाग्छ । तर पनि मैले फरक किसिमको फिल्म गरेको छु ।’

उनले निकट भविष्यमा नेपाली फिल्ममा काम गर्ने इच्छा समेत राखेका छन् । भन्छन्, ‘अवश्य पनि केही राम्रो नेपाली फिल्ममा काम गर्न मन छ । विशेषगरी मीन भामको फिल्ममा !’

नेपालसँगको किस्सा

नवाजलाई नेपालमा आफ्ना समर्थकहरु छन् भन्ने थाहा रहेनछ । त्रिभुवनमा विमानस्थलमा मीन भामले ‘बाहिर समर्थकहरू पर्खिरहेका छन्’ भन्दा उनको मुखबाट निस्किएको पहिलो शब्द थियो रे, ‘ओ वाउ !’

यद्यपि नेपालसँग जोडिएको उनले पूरानो किस्सा शेयर गरेका छन् । बुवा काठको व्यवसायका दौरान वर्षिक एक-दुई पटक नेपाल आउने गरेको उनलाई याद छ । उनले भनेका छन्‌, ‘हाम्रो आरा मेसिन थियोे । उहाँ वर्षमा एकदुई पटक नेपाल आउनुहुन्थ्यो ।’

६ वर्षको हुँदा पहिलो पटक नवाजले बुवाको मुखबाट नेपाल शब्द सुनेको हुन् । त्यसको ४४ वर्षपछि उनी बलिउड स्टारका रूपमा नेपालमा अतिथि बनेर आएका हुन्‌ ।

नेपालबारे उनी भन्छन्, ‘यहाँका मानिस अति सुन्दर छन् । पाहुनाको सत्कार गर्ने यहाँको मानिसको संस्कार राम्रो छ । यो आश्चर्यजनक छ ।’

नेपाली निर्देशक मीनसँगको भेट

नवाज र ‘सम्बाला’ निर्देशक मीनको पहिलो भेट फेस्टिभलका दौरान बर्लिनमा भएको हो । उनका अनुसार त्यहाँ ‘साम्बाला’को चर्चा भएका कारण मीनसँग भेट्ने इच्छा भएको हो ।

‘बर्लिनमा सबैले फिल्म राम्रो छ, राम्रो छ भन्दै थिए । अनि मैले मीनसहतिको टिमलाई भेटेँ,’ उनी भन्छन्, ‘सम्बालाको कलाकार, निर्माता, सेट डिजाइर, कार्यकारी निर्माता सबैसँग भेटेँ । हामीले लामै समय साथमा बितायौं ।’

बर्लिनमा ‘साम्बाला’को चर्चाका कारण आफूले मीन भामको बारेमा अध्ययनसमेत गरेको समेत उनको खुलाए । मीनबारे उनी भन्छन्, ‘मैले मीनको बारेमा अध्ययन गरेँ । बुझ्न थालेँ । अनि मलाई महसुस भएको ऊ उत्कृष्ट निर्देशक हो । आज म त्यही कारणले नेपालमा छु ।’

बर्लिनमा ‘साम्बाला’को चर्चाले आफूलाई ‘कसरी नेपालले अन्तर्राष्ट्रियस्तरको फिल्म बनाएको छ ?’ भनेर सोच्न बाध्य बनाएको किस्सा उनी सुनाउँछन्‌ ।

‘नेपालबाट आजकाल यस्तो फिल्म आउँदैछ । यसको चक्कर के हो त ? अनि मैले थाहा पाएँ कि यहाँका तीन-चार निर्देशकले उत्कृष्ट फिल्म बनाइरहेका छन्,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरमा उनीहरुले फिल्म पुर्‍याएका छन् । मीन त्यहीमध्यको एक निर्देशक हो ।’

नवाजको फिल्म संघर्ष

नवाज नेस्नल स्कुल अफ ड्रामा (एनएसडी)बाट दिक्षित विद्यार्थी हुन् । एनएसडीपछि उनी फिल्म संघर्षमा होमिएका हुन् ।

सुरुवाती दिनमा शारीरिक वनावटबारे फिल्म मेकरले गर्ने टिप्पणीबारे उनी सुनाउँछन्, ‘तिम्रो शारीरिक बनावट फिल्म स्टार बन्ने छैन ।’

त्यहीकारण मुम्बईंमा फिल्म संघर्ष गर्ने क्रममा स्टार बन्ने सपना नभएको उनको सुनाउँछन्। यद्यपि राम्रो कलाकार बन्ने सपनाबाट भने विचलित नभएकामा उनी स्पष्ट छन् ।

अमिर खानको शीर्ष भूमिकामा रहेको फिल्म ‘सरफरोश’ उनको पहिलो फिल्म हो । त्यस फिल्म छायांकनको घटना उनको मस्तिष्कमा ताजा छ ।

‘मैले पहिलो पटक फिल्मको क्यामेरा सामना गरेको थिएँ । निकै नर्मस थिएँ । अझ अगाडि अमिर खान हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘मेरो नर्मसनेस त्यो चरित्रका निर्माणमा सहयोग भयो ।’

सन् १९९९ मा प्रदर्शनमा आएको सो फिल्ममा नवाजको सानो भूमिका छ । पहिलो फिल्म गरेको ५ वर्षसम्म एक फिल्ममा एक दृश्यको भूमिका मात्रै गरेको उनी बताउँछन् ।

भन्छन्, ‘छैटौं वर्षमा मैले एक फिल्मका दुई दृश्य गर्ने अवसर पाएको हो ।’

‘ग्याङ अफ वासेपुर’ पछाडिको कथा

नवाजुद्दीनलाई बलिउडमा नायकका रूपमा स्थापित गराउने फिल्म ‘ग्याङ अफ वासेपुर’ हो । सन् २०१२ मा प्रदर्शनमा आएको त्यसमा उनी फजल खानको भूमिका छन् ।

सो फिल्म ४० पटकसम्म हेर्ने दर्शक भेटेको उनी बताउँछन् । तर सो कुरा आफूलाई पाँच वर्षपछि पत्यार लागेको उनी सुनाउँछन् ।

‘विमानस्थलमा वा कतै बाहिर जाँदा ५-४० पटक फिल्म हेरेँ भन्ने दर्शक भेटिनुहुन्थ्यो । मलाई चाहिँ मलाई खुसी पार्न झुट बोलेको जस्तो लाग्थ्यो । तर हरेक स्थानामा सोही प्रतिक्रिया पाइन्थ्यो,’ उनी भन्छन्, ‘मलाई मान्छेले दोहोर्‍याएर फिल्म हेरेको कुरा विश्वास गर्न ४-५ वर्ष लाग्यो ।’

नाेट : यो सामाग्री अन एयर विथ सञ्जयमा सञ्जय सिलवालले नवाजुदिन सिद्दिकीसँग गरेको कुराकानीमा आधारित रहेर तयार गरिएको हो । सो भिडियोको हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : १७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको