दशैँमा खेल्न ६ करोडको तास भित्रियो | Khabarhub Khabarhub

दशैँमा खेल्न ६ करोडको तास भित्रियो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा बसेका प्राय नेपाली गाउँघरमा जाने गर्दछन्। गाउँघरमा सबै बसेर रमाइलो वा मनोरञ्जनका लागि प्रायले तास खेल्ने गर्दछन्। तास खेल्न नेपालमा गैरकानुनी हो तर पनि पैसा फाल्ने नभई साथीभाइ जम्मा हुने भन्दै रमाइलो वातावरण बनाउनका लागि तास खेल्ने चलन छ।

दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भइसकेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० लाख ७ हजार ८ सय ९२ बुक तास आयात भएका छन्।

गत वर्षको सोही अवधिमा ६ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। यस अवधिमा २२ लाख ९७ हजार ६ सय २६ बुक तास आयात भएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।

एक वर्षमा एक करोड ११ लाख ७२ हजार तीन सय ३७ बुक तास नेपाल आएको विभागको तथ्यांकले देखाएको छ। यस्तै, २०७९/८० मा भने २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो।

२०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँ बढीको तास विभिन्न देशबाट आयात गरेको थियो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको थियो। यस्तै, २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ७ : ११ बजे

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु- प्रतिनिधिसभा राज्य व्यवस्था तथा

आफ्नोबारे समाचार लेख्ने पत्रकारलाई कारबाही माग्दै हर्कले लेखे गृहमन्त्रीलाई पत्र

  काठमाडौं- आफ्नो विगतका कमीकमजोरी खोतलेर समाचार लेख्ने पत्रकार गोपाल

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर– ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य

कोलम्बो– श्रीलङ्काको निर्यात विकास बोर्ड (ईडीबी) ले सन् २०२५ मा

अर्थसंक्षेप : सहकारीका ठूला बचतकर्ताको स्रोतबारे राज्य मौन, २७ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक