दशैँमा खेल्न ६ करोडको तास भित्रियो « Khabarhub

दशैँमा खेल्न ६ करोडको तास भित्रियो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा बसेका प्राय नेपाली गाउँघरमा जाने गर्दछन्। गाउँघरमा सबै बसेर रमाइलो वा मनोरञ्जनका लागि प्रायले तास खेल्ने गर्दछन्। तास खेल्न नेपालमा गैरकानुनी हो तर पनि पैसा फाल्ने नभई साथीभाइ जम्मा हुने भन्दै रमाइलो वातावरण बनाउनका लागि तास खेल्ने चलन छ।

दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भइसकेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० लाख ७ हजार ८ सय ९२ बुक तास आयात भएका छन्।

गत वर्षको सोही अवधिमा ६ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। यस अवधिमा २२ लाख ९७ हजार ६ सय २६ बुक तास आयात भएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो।

एक वर्षमा एक करोड ११ लाख ७२ हजार तीन सय ३७ बुक तास नेपाल आएको विभागको तथ्यांकले देखाएको छ। यस्तै, २०७९/८० मा भने २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो।

२०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँ बढीको तास विभिन्न देशबाट आयात गरेको थियो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको थियो। यस्तै, २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ७ : ११ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क