म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण « Khabarhub

म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकी भवन निर्माण भएको छ ।

सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले एक करोड ५९ लाख ८३ हजार सात सय ७२ को लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेको हो ।

गत दुई आर्थिक वर्षमा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताए ।

भवन परिसरमा घेराबार, फर्निचर, प्रवेशद्वारलगायत संरचना बनाउन चालु आर्थिक वर्ष २०८१–८२ मा एक करोड बजेट प्राप्त भएको छ । एक करोड बजेट विनियोजन भएको आर्थिक वर्ष २०८०–८१ मा ८६ लाख ४३ हजार दुई सय ३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो ।

आव २०७९–८० मा एक करोड बजेट विनियोजन भएकामा सोही निर्माण कम्पनीले ७५ लाख ८६ हजार सात सय ७१ सम्झौता गरेको र ७४ लाख १० हजार चार सय ३७ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ ।

भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । नयाँ भवनबाट स्वास्थ्यचौकीको सेवा सञ्चालनको तयारी गरिएको वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीले बताए ।

सात वटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

वडा नम्बर १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  १० : ३९ बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र