कृषि तथा घरेलु उद्यम मेला सम्पन्न « Khabarhub

कृषि तथा घरेलु उद्यम मेला सम्पन्न


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ ।

 देशको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको महत्वपूर्ण भूमिका हुने भएकाले  साना तथा घरेलु उद्योगहरूको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड दिएका छन् ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ नाराका साथ घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मेलाको समापन गर्दै सङ्घकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्छ भनिन् । 

उनले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी बेरोजगारीलाई केही हदसम्म घटाउन सकिने विचार व्यक्त गरे। 

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरूको प्रवर्द्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए।

काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिँदै बाँकी १७ वटा वडामा पनि चाँडै उक्त कार्यक्रम सञ्चालन गरिने  जानकारी दिए। 

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगहरूको विकासमा राज्यले नीतिगत रुपमा व्यवस्था गरे पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताए।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले लघु, घरेलु तथा साना उद्योहरुको प्रवद्र्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताए।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन,  बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए । 

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुनःप्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत  ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका थिए । 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  २ : ०६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त