आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह « Khabarhub

आफ्नै मतदातालाई धोका दिने नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ : प्रभु साह


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रौतहट – आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरू ‘बेइमान’ भएको टिप्पणी गरेका छन् ।

राजनीतिक दलहरु मुलुक र जनतासँग गद्दारी गरेको आरोप उनले लगाए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको इनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले मुलुक र जनताको आवश्यकता एवं चाहना अनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको जनाएका हुन् ।

जनता र आफ्नो मतदातालाई धोका दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनले बताए । आफ्नै मतदातासँग गरेको प्रतिबद्धता पुरा नगर्ने राजनीतिक दल र नेताहरुले भोट फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

‘एमाले र कांग्रेसले निर्वाचनमा छुट्टाछुट्टै गठबन्धन गरेर निर्वाचनमा सहभागि भए । जनतासँग मत मागे, उनीहरूलाई जनताले मत पनि दिए । तर उनीहरूले आफ्नै मतदातालाई धोखा दिए । निर्वाचनमा मतदातासँग गरेको प्रतिबद्धता उनीहरूले कार्यान्वयन गरेनन्, यस्तो अवस्थामा उनीहरु भोट फिर्ता गर्नुपर्छ की पर्दैन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘के कांग्रेसले एमालेसँग वा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुट्टाछुट्टै गठबन्धनबाट निर्वाचनमा सहभागि हुने, जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने ?’ 

जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखि नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनले बताए । जनतालाई धोखा दिने नेताहरूले भोट फिर्ता गरेर आफ्ना मतदातासँग माफी माग्नुपर्ने उनले बताए ।  जनतासँग जे प्रतिबद्धता गरिएको थियो सोही अनुसार राजनीतिक दल, नेताहरूले काम गर्नुपर्ने उनले बताए । 

विभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरूलाई गाउँ पस्न नदिन उनले आह्वान गरे । जनतालाई भ्रममा राखेर लुट मच्चाएका त्यस्ता नेताहरूलाई बहिष्कार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसाधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ३ : २० बजे

संस्कृति मन्त्रालयको बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित, पुँजीगत खर्च १६ प्रतिशत मात्रै

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष

ट्रम्पसँगको भेटपछि जेलेन्स्की आशावादी, प्याट्रियट प्रणालीको सहउत्पादनमा सहमतिको संकेत

वासिङ्टन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनको

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का