परिवर्तनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई एमालेको आव्हान « Khabarhub

परिवर्तनको पक्षमा उभिन पार्टी पङ्क्तिलाई एमालेको आव्हान


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमालेले लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ । 

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले समाजमा निराशा, नकारात्मकता, विद्वेष फैलाउने प्रवृत्ति देखापरेको भन्दै देश बनिरहेको छ भन्ने सकारात्मक सन्देशकासाथ लोकतन्त्र गणतन्त्र संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई आव्हान गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले हालैको बाढीपहिरोबाट प्रभावितको पुनःस्थापना, राहत र खोजी बाँकी भएकाले सम्पूर्ण जनसङ्गठन, कार्यकर्ता र जनप्रतिनिधिलाई स्वयंसेवी भूमिकासहित सहयोगमा निरन्तर लागिरहन आव्हान समेत गरेको उनले बताए ।

 सचिवालय बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तल्ला कमिटीले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाउन र उपनिर्वाचनमा सक्रिय रुपमा परिचालन गर्ने व्यवस्था प्रदेश कमिटीले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टीको स्थायी भवन कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा निर्माण गर्ने निर्णय समेत गरेको छ । शुक्रबार १२ बजेर २५ मिनेटमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको उपमहासचिव ज्ञवालीले बताए ।

त्यस्तै ज्ञवालीले प्राकृतिक प्रकोपको तयारी र त्यसपछि उत्पन्न परिस्थितिको सामना सरकारको सामर्थ्यले भ्याएसम्म गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ३ : ४८ बजे

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका

फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाख रुपैयाँको क्षति

घोराही– यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत

महाधिवेशन अगाडि एमालेको अन्तिम सचिवालय बैठक च्यासलमा

काठमाडौं- शनिबारदेखि सुरू हुने एघारौँ महाधिवेशन अगाडि नेकपा एमाले सचिवालयको