मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा | Khabarhub Khabarhub

मिथिला क्षेत्रमा सुरु भयो दुर्गा भवानीको मूर्ति पूजा


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जलेश्वर प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादशैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आजदेखि दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ ।

बडादशैँको आगमनसँगै मिथिलाञ्चलको विभिन्न गाउँ शहरमा बनाइएका दुर्गा भवानीको मूर्ति सप्तमी तिथिमा पूजा अर्चना गर्दै अनावरण गरिएको जलेश्वर नगरपालिका–२ का दुर्गा मूर्ति पूजारी ललित झाले बताए।  

यसवर्ष महोत्तरी सदरमुकाम जलेश्वरसहित बर्दिबास, गौशाला, औरही, मटिहानी, पिपरा, बलवा, मनरा, सम्सी, बथनाहा, र गाउँगाउँमा दुर्गा भवानीको भव्य मूर्ति, आकर्षक मन्दिर र पंडालहरु बनाएर धुमधामका साथ पूजा अर्चना  सुरु गरिएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा दशैँलाई मध्यनजर गर्दै शंकर चोक, दुर्गा चोक, राजदेवी मन्दिर, संसारी मन्दिर, बौधीमाई मन्दिर, गढीमाई मन्दिरलाई विशेष किसिमले सजाइएको छ । 

जलेश्वरको दुर्गा चोकमा हुने दुर्गा पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले हरेक वर्षझैँ यस वर्ष पनि पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको जानकारी दिए। जलेश्‍वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले आफ्नै नेतृत्वमा नगरभरि सरसफाइ गरिएको बताए । तन, मन, धनले दुर्गा भवानीको पूजा आराधना गरेमा मनको इच्छा पुरा हुनुका साथै दुःख, कष्ट दूर हुने जनविश्वास छ । 

भारतीय सीमासँग जोडिएको मटिहानी नगरपालिकामा भारतीय संस्कृतिअनुसार दुर्गा पूजाको अन्तिम दिन (बडा दशैंको दिन) ५० फिट भन्दा अग्लो रावणको पुतला दहन गर्ने गरिन्छ । उक्त रावणको पुतला दहन हेर्न नेपाल र भारतीय सीमाक्षेत्रका गाउँबाट हजारौँ दर्शक आउने गर्दछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ४ : १७ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको