जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो | Khabarhub Khabarhub

जनकपुरधामका शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपाती भित्र्याइयो


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – विजया दशमीको सप्तमी तिथिका दिन आज जनकपुरधामका विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ।

प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको राम युवा कमिटीका अध्यक्ष सरोज साहले बताए । फूलपाती भित्र्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका ब्यान्ड सहभागी भएका थिए ।

सुरक्षा निकायका तर्फबाट राजदेवी मातालाई सलामी अर्पण गरिएको थियो । आज भित्र्याइएको फूलपाती दसैँ घर वा पूजा घरमा राख्ने चलन छ ।जनकपुरधामका अन्य शक्तिपीठहरु पल्टीमाई, पियरीयामाई, गहवामाई, अमरखाना, बौधीसहितका शक्तिपीठका साथै विद्यापति तथा रामानन्द चोकमा रहेको दुर्गा मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।

वैदिक विधिअनुसार घटस्थापना देखि शुरु दशैँको आठौँ दिन भएपनि सातौँ दिनको कालरात्रीको पूजा आज गरिने कार्यक्रम छ । आज मध्यरातमा विधिपूर्वक कुभिन्डोको बली दिने र त्यसपछि कालरात्रीको पूजा विधिअनुसार मन्दिरको तर्फबाट एक जोडी बोका बली दिने छ ।

 शुक्रबार महाअष्टमीका दिन अन्य भक्तजनहरूको तर्फबाट भाकलअनुसारका बोला बली दिइने गरिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ५ : ०१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’