मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइँदै | Khabarhub Khabarhub

मिथिलाञ्चलमा अक्षय नवमी पर्व मनाइँदै


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषा– मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।

यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गर्छन् ।

यो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए ।

अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र खाइन्छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार शिवदत्त मिश्रले बताए ।

खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको महन्त दासले बताए ।

सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेको स्थानीय पण्डित रामचन्द्र झा बताउँछन् ।

मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशबध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार एवं संस्कृतिविद् राजर्षिजनक विश्वविद्यालय जनकपुरधामका रजिष्ट्रार सत्यनारायण साहले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ४४ बजे

सगरमाथा आरोहणका क्रममा एक फिलिपिनी नागरिकको मृत्यु 

काठमाडौं– सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु

भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौं– भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव

कांग्रेस संसदीय दलको बैठक आह्वान

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ

सत्तापक्षले काम कम, मुख धेरै चलायो : वर्षमान पुन

काठमाडौं–  पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले

पोखरा महानगरको बेरुजु ५० करोड ४३ लाख 

पोखरा– पोखरा महानगर पालिकामा गत आर्थिक वर्षमा खर्च भएको रकममध्ये