साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित « Khabarhub

साल्टको शतकमा वेस्ट इन्डिजमाथि इंग्ल्याण्डको शानदार जित


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल साल्टको शानदार शतकमा इंग्ल्याण्डले वेस्ट इन्डिजसँगको पहिलो टी-२० सिरिजमा ८ विकेटको जित हात पारेको छ।

वेस्ट इन्डिजले दिएको १८३ रनको लक्ष्य इंग्ल्याण्डले १९ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा पुरा गरेको हो। अविजित रहेका साल्टले ५४ बलमा १०३ रन जोडे। उनको पारीमा ९ चौका र ६ छक्का समावेश थियो।

यसैगरी ज्याकोब बेथेलले ३६ बलमा ५८ रन जोडे। वेस्ट इन्डिजका अकेल हुसेनले कुनै विकेट नलिए पनि किफायती बलिङ गर्दै ४ ओभरमा २० रन मात्र खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १८२ रनको योगफल खडा गरेको थियो। सो टोलीका लागि निकोलास पूरणले सर्वाधिक २९ बलमा ३८ रन जोडे। आन्द्रे रसेलले १७ बलमा ३० तथा गुडाकेस मोटेले १४ बलमा ३३ रन जोडे। उनको पारीमा चार चौका र दुई छक्का समावेश थियो। रोमारियो सेफर्ड २२ बलमा ३५ रन बनाउँदै अविजित रहे।

वेस्ट इन्डिजले सय रनको आँकडा पार गर्ने सम्भावना देखिए पनि साकिब मोहम्मदले चार ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। यसैगरी अदिल रसिदले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : ०८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको