२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित) « Khabarhub

२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित)


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । 

बोर्डले एक सूचना जारी गरी ०५६ साल यता कक्षा ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने छन् ।

बोर्डकाअनुसार रजिस्ट्रेसन नम्बरको सुरुको अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन् । २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरू मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।

बोर्डले प्रयोगात्मकतर्फ फेल भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने जनाएको छ । मौका परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयबाट आगामी मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने छ ।

यस्तै, विद्यार्थीले अध्ययन गर्दा सञ्चालनमा रहेको तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीले सोझै बोर्डमा आवेदन दिन सक्नेछन् ।

बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको सङ्ख्या १४ लाख बढी रहेको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले पनि २०५८ सालदेखि र सेमेस्टरतर्फ २०६९ साल देखिको समयसीमा कटेका विद्यार्थीलाई एकपटक मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०२ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज