विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङको शब्दथुमलाई  « Khabarhub

विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङको शब्दथुमलाई 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

सुनसरी- कवि विमल गुरुङ कृति पुरस्कार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई प्रदान गरिएको छ ।

२०८० भित्र प्रकाशित स्वदेश र विदेशबाट नेपाली भाषामा पुस्तकहरू मध्ये निर्णायक मण्डलले निबन्ध कृति ‘शब्दथुम’ लाई ‘कवि विमल गुरुङ कृति पुरस्कार–२०८०’ प्रदान गर्ने सिफारिस गरेअनुसार प्रदान गरिएको हो ।

कवि विमल गुरुङको ५३ औँ जन्मजयन्ती तथा ३३ औ राष्ट्रिय कविता महोत्सवको अवसरमा शनिबार पुस्तकालयको भवनमा आयोजित पुरस्कार समर्पण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा भीम खतिवडा, अध्यक्ष पूर्णबहादुर गुरुङले कृतिकार थाम्सुहाङलाई तामत्रपत्र र दोसल्लासहित नगद दुई लाख रुपैयाँले सम्मान गरेका थिए ।

थाम्सुहाङले १८ वर्षअघि ‘पालामको मुर्छन्ना’ कविता सङ्ग्रह प्रकाशित गरेका थिए । उनको ‘शब्दथुम’ दोस्रो कृति हो । निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृति भित्र रैथाने चेतदेखि बैश्कि चिन्तन र मिमांसा पाएको दाबी गर्दै विमल कृति पुरस्कार प्रदान गरिएको जनाएको छ ।

थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामुलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गर्दै ‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्मिलकको कुरान र बौद्यको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको कृति भएको ठहर पनि निर्णायक समितिले गरेको छ । थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिनरुपमा उतारिएको छ ।

पुरस्कृत थाम्सुहाङले भने, ‘मैले तिनै पूर्वेली रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम मात्र निबन्धमार्फत गरेको छु ।  निबन्ध सङ्ग्रह भित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तकृत चेतलाई उजागर गर्दै आफ्नै धरातलको विचार प्रवाह गर्दै मातृभूमिको सुगन्ध र सांस्कृतिक रोमाञ्चकतामा शालीन विमर्ष गर्ने प्रयास गरेको छु । यसैको आधारमा निबन्ध कृति ‘शब्दथुम’ लाई पुरस्कृत गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु ।’ याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्ष समेत रहेका थाम्सुहाङले पुरस्कारको प्रतिष्ठालाई बोझ नमानेर सम्मानका साथ थप दायित्वबोध गरेको पनि बताए । समारोहको संयोजन पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले गरेका थिए ।

यसैगरी उक्त अवसरमा इटहरीका तरहराका युवा साहित्यकार तथा संचारकर्मी विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान प्रदान गरिएको थियो । सम्मानसहित उनलाई नगद राशी १० हजार रुपैयाँ, दोस्लला र सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा सिक्किमका लेखक टी वी चन्द्र सुव्वा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र विरेन गुरुङ लाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय कविता महोत्वसमा नवलपरासीका अन्जान प्रथम

उक्त अवसरमा आयोजित ३३ औँ राष्ट्रिय कविता महोत्सवमा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) ‘सपना’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए ।

यसैगरी प्रतियोगितामा ‘थेम्स नदिको किनारै किनार’ शीर्षक कविता वाचन गर्दै हाल बेलायतको लण्डनमा बस्दै आएकी कवि शान्ति खिम्दिङ लिम्बु द्धितिय भइन् । ‘फूल र म’ शीर्षकको  कविता वाचन गर्दै मोरङकी समीक्षा छिलिङ राई तृतीय भइन् ।

विजयीहरूलाई क्रमशः नगद २१ हजार रुपैयाँ, १८ हजार रुपैयाँ र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । कविताको निर्णायकहरुमा देवेन्द्र खापुङ ‘सुर्केली’, सुन्दर कुरुप  र अनलाइन निर्णायकका रुपमा अष्ट्रेलियाबाट कविता राई ‘गाउँले’ थिए ।

समारोहमा कवि विमल गुरुङकाबारेमा साहित्यकार शशी लुमुम्बुले प्रकाश पारेका थिए । १९ वर्षको उमेरमै पत्रकारितासँगै सशक्त कविता लेखेर उदाउँदै गरेको बेला ०४८ साल वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घटनामा परी विमलको देहावसान भएपछि एक्लो कवि छोराको नाममा ब्रिटिस लाहुरे बाबु पूर्णबहादुर गुरुङ र परिवारले धरान १८ बुद्धचोकमा ‘कवि विमल स्मृति पुस्तकालय’ स्थापना गरेको लुमुम्बुले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १ : ३३ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय