मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु | Khabarhub Khabarhub

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी- मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ।

क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।’

उनले भने, ‘आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।’

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागूऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित सहर मध्ये एक मानिन्छ ।

मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ । -राससबाट

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : १७ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास