धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी « Khabarhub

धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– धान बिक्री गर्न आउने किसानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले चेकमार्फत भुक्तानी गर्न थालेको छ । किसानको सहजताका लागि धान खरिद गरेसँगै भुक्तानीको व्यवस्था मिलाइएको कार्यालयका प्रमुख सुदर्शन थापाले बताए ।

भीमदत्त नगरपालिकाको महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाको झलारीमा खाद्यले धान खरिद केन्द्र सञ्चालनमा ल्याएको छ । जनशक्ति अभावमा बेदकोट नगरपालिकामा स्थापन गर्ने भनिएको खरिद केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनले उल्लेख गरे ।

‘प्रदेश कार्यालयलाई यथाशीघ्र जनशक्ति उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेका छौँ’, प्रमुख थापाले भने, ‘जनशक्ति व्यवस्थापन भएसँगै एक–दुई दिनमा धान खरिद केन्द्र सञ्चालनमा ल्याउँछौँ ।’ उनका अनुसार सञ्चालनमा रहेका दुई वटै केन्द्रबाट हालसम्म आठ सय १२ क्वीन्टल धान खरिद गरिएको छ ।

प्रचारप्रसारको कमीले थोरै किसान मात्र धान बिक्रीका लागि केन्द्रमा पुगेकाले अहिले गाउँ गाउँमा जानकारीसहित किसानलाई आवश्यकता अनुसार धान बिक्री गर्न अनुरोध गरिएको प्रमुख थापाले बताए ।

कम्पनीले प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा धान खरिद गरिरहेको छ । कम्पनीको १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । गत वर्ष सोही लक्ष्य अनुसार दुई हजार नौ सय क्विन्टल धान खरिद गरिएको कम्पनीले जनाएको छ ।

धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर खरिद केन्द्र सञ्चालन गरी किसानलाई सहजीकरण गरेको हो । किसानबाट माटो नभएको, भुस, पराल नभएको, नभिजेको गुणस्तरीय धान कम्पनीले खरिद गरिरहेको छ ।

कम्पनीको शाखा कार्यालयले खरिद गरेको धान कुटानी गरी माग भएका क्षेत्रमा आपूर्ति गर्दै आएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख, सहयोगीसहित तीन जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  २ : २६ बजे

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक