सामाचकेवा आत्मानुशासनको पर्व हो : मुख्यमन्त्री सिंह  | Khabarhub Khabarhub

सामाचकेवा आत्मानुशासनको पर्व हो : मुख्यमन्त्री सिंह 


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री सिंहले मधेशका पर्वतिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्ने गरेको बताए ।

उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको प्रस्ट्याए ।

मुख्यमन्त्री सिंहले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै सांस्कृतिक तथा परम्परागत पर्वतिहारको प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्त्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्य दृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे । उनले भने, ‘सांस्कृतिक उत्सव र यसभित्रका अन्तर्वस्तुको अभिलेखीकरण हुनेछ ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूर्तिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्न सक्ने बताए ।

उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाए ।  नारदमणि हार्तम्छाली
मधेश प्रदेशसभाका सदस्य रामसरोज यादवले संस्कृति उत्थानका लागि मैथिली विकास कोषले काम गरिरहेकोमा सराहना गरे ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सामाचकेवा लोप नभई सामाचकेवाका पात्रहरूका बारेमा परिचय र भूमिका पुनर्स्थापित हुन आवश्यक रहेको बताए ।

साहित्कार डा.राजेन्द्र विमलले मिथिलाञ्लका परम्परापछाडि जीवनमूल्य रहेको उल्लेख गरे ।

सामाचकेवा नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्त्वको
विरोध र सबै खाले विभेद तथा विभाजनविरुद्धको सन्देश सन्निहित रहेको डा. विमलले प्रस्ट्याए ।

तत्कालीन जिल्ला विकास समितिका सभापति रहेका रामचरित्र साहले भाइबहिनीको आत्मीय र प्रगाढ सम्बन्धको पर्व सामाचकेवालाई गाउँघरबाट सहरबजारसम्म पुर्‍याउनुपर्ने बताए ।उनले संस्कृति र कला उन्नयनका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताए ।

प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख एवम् प्राज्ञ सदस्य दिनेश महतोले रैथाने कलालाई इतिहासका पानामा हराउन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।

कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्ने गरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्री वितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री सिंह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीलाई आयोजक संस्था कोषले सम्मान गरेका थिए ।

मिथिलाञ्लका ख्यातिप्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ०९ बजे

नेपाल-भारत सम्बन्ध : ५ प्राथमकिता

भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें ।

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

एनपीएलको तालिका सार्वजनिक, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)

आजका समाचार : शोकबिदाले विवादमा सरकार, मन्त्री फेर्ने तयारीमा ओली-देउवा र अमेरिकी निर्णयले विश्वभर तरंग

राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय मन्त्रिपरिषद

चिया ऐन बनाउन सभामुख घिमिरेसँग माग

झापा– प्रादेशिक चिया समन्वय समितिले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आज