रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन « Khabarhub

रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आइतबार पनि पोखरा बजारमा प्रदर्शन गरेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत लाने क्रममा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपाले यही शनिबार कडा आन्दोलन गर्ने बताएको थियो।

प्रहरीले लामिछानेसहित उनका साझेदार पूर्वडीआइजी छविराज जोशी, लीला पछाईं र तनहुँका व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थप गर्न अदालत लगेको छ।

मित्रमिलन सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल र बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि अदालत लगिएको छ ।

लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई चौथो पटक कास्की अदालतमा उपस्थित गराएपछि रुपन्देही लाने तयारी छ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ०४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा