साढे ६२ अंकले बढेर २७३८ विन्दुमा पुग्यो नेप्से, कारोबार कति ? « Khabarhub

साढे ६२ अंकले बढेर २७३८ विन्दुमा पुग्यो नेप्से, कारोबार कति ?


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अंकले बढेसँगै २७३८.०६ विन्दुमा पुगेको छ । चाडवाड पछि खुलेको पहिलो दिन नेप्से २.३३ प्रतिशतले बढेसँगै रौनक फर्किएको छ ।

आज प्रि–ओपन ससेसनमा ६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको समय देखिनै माथि गएको थियो ।

कारोबार अवधिभर ५ पटक सम्म बजार लत झर्न खोजेको देखिए पनि खरिदकर्ता हाबी हुँदा बजार भने लत झरेन ।

आइतबार ९ अर्ब ७७ करोड ११ लाख २४ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर कारोबारमा आएको छ ।

आज २२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ६५१ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी हाइड्रोपावर समूह ४.२६ प्रतिशतले बढेर ३ ५२०.१२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.६२ प्रतिशतले बढेर २१.६९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.६२ प्रतिशतले, विकास बैंक २.१७ प्रतिशतले, फाइनान्स २.४८ प्रतिशतले, होटल तथा पर्यटन ०.९६ प्रतिशतले, लगानी २.५६ प्रतिशतले, जीवन बीमा २.१६ प्रतिशतले, उत्पादन तथा प्रशोधन २.३२ प्रतिशतले, लघुवित्त १.५१ प्रतिशतले, निर्जीवन बीमा १.९५ प्रतिशतले, अन्य समूह २.५२ प्रतिशतले र ट्रेडिङ समूह १.१५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : १३ बजे

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

गण्डकी– गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस

नवलपुर – बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको

१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी

काठमाडौं – जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी– घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

कर्णाली– नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा