जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल « Khabarhub

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका छन् ।

आइतबार पोखरामा आयोजित रास्वपाको प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति अर्यालले कार्यवाहक कसले पाउछ भन्ने विषय गौण रहेको बताउँदै जिउँदो रहेसम्म रास्वपाको सभापति लामिछाने नै भएको स्पष्ट गरेका हुन् ।

उनले भने-‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो । उहाँको सभापति पद निरन्तर रहन्छ । उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो । उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन् । त्यति मात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनु हुँदैन ।’

सभापति लामिछाने पक्राउ परेपछि रास्वपाले पार्टीको कार्यवाहक नतोकेको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेका बेला उपसभापति अर्यालको यस्तो धारणा बाहिर आएको हो ।

रास्वपामा उपसभापति अर्याल र डा. स्वर्णिम वाग्ले गरी दुई जना भए पनि अर्यालले नै लामिछानेको अनुपस्थितिमा कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : २१ बजे

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको