हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध | Khabarhub Khabarhub

हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले विरोध प्रदर्शन गरेका छन् ।

हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौँ युवाहरुलाई समस्या भएको भन्दै बजगाईँले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्  ।

नेपालमा रोजगारको सम्भावना नभएर बिदेसिन बाध्य नेपालीहरूलाई महँगो भाडा थोपरिएकाले तत्काल हवाई भाडा वृद्धिको निर्णय फिर्ता हुनुपर्ने बजगाईँले बताए ।

नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको अवस्थामा हवाई भाडा वृद्धिले पर्यटन क्षेत्रमा समेत असर पुग्ने उनको भनाइ छ । बजगाईँले हवाई भाडा वृद्धि फिर्ता गराउनका लागि पर्यटन मन्त्रीलाई समेत आग्रह गरेको उल्लेख गरे ।

हवाई भाडा वृद्धि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति समेत गरिसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ३ : ३१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’