कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जापानमा मानव बेचबिखनको मुद्दामा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याएलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।

हवाईजहाजबाट काठमाडौं ल्याएपछि अधिकारीलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगेर त्यसपछि अदालतमा उपस्थित गराइएको थियो ।

आइतबार विराटनगरस्थित निवासबाटै पक्राउ गरि अनुसन्धानका लागि काठमाडौं ल्याइएका उनलाई पहिलो पटक दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय प्रहरीलाई दिइएको हो ।

 तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : १८ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल