उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी | Khabarhub Khabarhub

उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् ।

अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : १० बजे

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

कर्णाली– घरमा राखिएको खाटको खुट्टा प्रहार गरी श्रीमतीको हत्या गरेको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

काठमाडौं– प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु 

रसुवा– नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी चयन

बेलायत– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र