अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न « Khabarhub

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमै पहिलोपटक १ हजार १ सय ११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि आयोजना भएको महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुले उपस्थिति जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञमार्फत नेपालले विश्वशान्तिक र वैदिक विचारको प्रबर्धनमा महत्वपूर्ण योगदान गरेको बताए । ‘यो महायज्ञले नेपाल र नेपालीको शिर उँचो बनाएको छ । हाम्रो वैदिक र यज्ञ परम्पराको विश्वभर ध्यानाकर्षण भएको छ’ बाँस्कोटाले भने ।

उनले महायज्ञका दौरान आयोजिक प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताए । महायज्ञका दौरान दैनिक १ हजार १ सय ११ वैदिक बटुकहरुबाट विधिपूर्वक रुद्राभिषेक गरिएको थियो भने १५ लाख दीप प्रज्जवलन गरिएको थियो ।

महायज्ञको समापन समारोहमा बोल्दै विश्व हिन्दु महासंघका अध्यक्ष डा। रामचन्द्र अधिकारीले नेपालमा धर्म रुपान्तरणको बढ्दो क्रम रोक्न आह्वान गरे । उनले हिन्दु धर्मले विश्वलाई नेतृत्व गर्न सक्ने भएकाले नेपाललाई संसारको गुरुराष्ट्र बनाउने अभियान सफल पार्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : २४ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये