अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न | Khabarhub Khabarhub

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमै पहिलोपटक १ हजार १ सय ११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि आयोजना भएको महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुले उपस्थिति जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञमार्फत नेपालले विश्वशान्तिक र वैदिक विचारको प्रबर्धनमा महत्वपूर्ण योगदान गरेको बताए । ‘यो महायज्ञले नेपाल र नेपालीको शिर उँचो बनाएको छ । हाम्रो वैदिक र यज्ञ परम्पराको विश्वभर ध्यानाकर्षण भएको छ’ बाँस्कोटाले भने ।

उनले महायज्ञका दौरान आयोजिक प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताए । महायज्ञका दौरान दैनिक १ हजार १ सय ११ वैदिक बटुकहरुबाट विधिपूर्वक रुद्राभिषेक गरिएको थियो भने १५ लाख दीप प्रज्जवलन गरिएको थियो ।

महायज्ञको समापन समारोहमा बोल्दै विश्व हिन्दु महासंघका अध्यक्ष डा। रामचन्द्र अधिकारीले नेपालमा धर्म रुपान्तरणको बढ्दो क्रम रोक्न आह्वान गरे । उनले हिन्दु धर्मले विश्वलाई नेतृत्व गर्न सक्ने भएकाले नेपाललाई संसारको गुरुराष्ट्र बनाउने अभियान सफल पार्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : २४ बजे

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ

जनकपुर–ढल्केवर ६ लेन सडकमा तीन आकाशे पुल निर्माण गरिँदै

जनकपुरधाम– सडक दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले

माउन्टेन इनर्जी नेपालद्वारा २१ प्रतिशत बढी लाभांश घोषणा

काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको

माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप